IME Life New

भरतपुर विमानस्थलमा दैनिक ५ पटक उडानका लागि श्री एयरलाइन्सले पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रको वायू सेवा प्रदायक श्री एयरलाइन्सले चितवनको भरतपुरमा काठमाडाैंबाट दैनिक पाँच पटक उडान भर्ने तयारी गरेको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई भरतपुर दैनिक पाँच उडान गर्न स्वीकृति दिएको हो ।

श्री एयरलाइन्सका अनुसार टर्बोप्रप ८०० सिरिजको जहाजबाट भरतपुर उडान गरिनेछ। अनुमति पाएलगत्तै शुरूवाती दिनमा दैनिक तीन पटक उडान गर्ने तयारी गरिएको छ। यात्रुको माग र चापलाइ मध्यनजर गर्दै उडान संख्या थप्ने योजना छ।

Esewa
Crest

यो रूटमा निजी क्षेत्रको वायू सेवा प्रदाकय बुद्ध एयरले एटीआर–४२ सिरिजको २९ वर्ष पुराना विमानबाट नियिमितरूपमा दैनिक नाै पटकसम्म उडान भर्दै आएको छ ।  बुद्ध एयरको प्रयोगमा रहेको तीनवटै एटीआर–४२ सिरिजको विमानको आयू सन् २०२५ मा पुरा हुँदैछ। तीनमध्ये एउटा विमानले मंगलबार अन्तिम पटक उडान भर्नेछ। विमान संख्या घटेसँगै उडान संख्या पनि दैनिक ५ वटामा सीमित हुनेछ।

श्री एयरलाइन्सले व्यापार बिस्तारका लागि भरतपुर विमानस्थलमा घरेलु उडानमा प्रयोग भई रहेकोमध्ये सबैभन्दा ठूलो  टर्बोप्रप ८०० सिरिजको जहाज प्रयोग गर्नेछ। यो सिरिजको जहाजका लागि भरतपुर विमानस्थलको धावनमार्गको लम्बाई छोटो हुनेछ। भरतपुर विमानस्थलको धावनमार्गको लम्बाइ जम्मा १२०० मिटर रहेको छ। टर्बोप्रप ८०० सिरिजको जहाजको सुरक्षित उडानका लागि १७०० मिटर लामो धावनमार्ग आवश्यक हुन्छ।

यसैबीच श्री एयरलाइन्सको विमान सोमबार बिहान काठमाडाैं सुर्खेत उडानका क्रममा एसएचए १२१ नम्बरको उडानमा ह्वील स्टियरिङ(चक्का नियन्त्रक) मा पुनः समस्या देखिएपछि विमान पुनः त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काउनु परेको थियो। श्री एयरलाइन्सले प्रयोग गर्दै आएको सिआरजे ड्यास क्यु ४०० सिरिजको विमानमा नोज गियर(अघिल्तिरको चक्का ) र ल्याण्डिङ गियर(पछिल्तिरको चक्का) मा पटक पटक प्राविधिक समस्या देखिन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

0%
sad

दु :खी

14%
amazed

अचम्मित

57%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS