IME Life New

श्री एयरलाइन्सको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रको वायू सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडाैं पोखरा रूटमा हवाइ यात्राका लागि टिकट काट्ने यात्रुका लागी एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा उपलब्ध गराउने भएको छ।

पोखरा रूटमा उडान भरिरहेको एयरलाइन्सले प्रवर्द्धनात्मक योजना अन्तर्गत पोखरा भदाै २३ गते ( अगस्त ८ तारेख) देखि असोज ४ गते ( अगस्त २० तारेख) सम्ममा काठमाडाैं पोखरा रूटमा कुनै एउटा उडानको टिकट किन्दा अर्को उडानको टिकट सित्तैमा उपलब्ध हुनेछ। सित्तैमा उपलब्ध टिकटबाट असोज १४ गते( अगस्त ३० तारेख) सम्ममा उडान भरिसक्नुपर्नेछ।

Esewa
Crest

दशैं तिहार चाडपर्व नजिकिंदै गर्दा पोखराका लागि यात्रा गर्ने यात्रुको चाप बढ्ने भएकाले चाडपर्वका लागि बुकिङ शुरू हुनु अगावै श्री एयरलाइन्सले यात्रु आकर्षित गर्न यो प्रवर्द्धनात्मक योजना ल्याएको हो।

श्री एयरले एकतर्फी उडानका लागि प्रति टिकट रू. ४ हजार ३६५ रूपैयाँ ४२ पैसादेखि ६ हजार ६४२ रूपैयाँ ४१ पैसासम्म टिकटको मूल्य तोकेको छ। काठमाडाैं पोखरा रूटमा बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले उडान भर्दै आएका छन् । यीमध्ये बुद्ध एयरले दैनिक १५, यती एयरले दैनिक १० र श्री एयरलाइन्सले दैनिक ५ वटा उडान भर्दै आएको छ।

श्री एयरलाइन्सले काठमाडाैं पोखरा काठमाडाैं रूटमा उडान भर्न थालेको साढे तीन वर्षभन्दा बढी भएको छ । अन्य वायू सेवा कम्पनीले काठमाडाैं पोखरा रूटमा उडान पुरा गर्न २५ मिनेट लाग्छ भने श्री एयरले उडान भर्ने बम्बार्डियर क्यु ४०० सिरिजको विमानले जम्मा २० मिनेटमै यो दूरी तय गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS