IME Life New

जीवन बीमकको व्यापार घट्दा निर्जीवन बीमकको बढ्यो, खुम्चियो बीमाको पहुँच

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनमा बीमा कम्पनीहरुले २२ अर्ब ८८ करोड रुपैयाँ बढीको कारोबार व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुले साउनमा २२ अर्ब ८८ करोड ६६ लाख रुपैयाँको व्यापार गरेका हुन्। यो गत आर्थिक वर्ष २०८०।८१ को साउनको तुलनामा २.९९ प्रतिशतले कम हो। २०८० साउनमा बीमा कम्पनीहरुले २३ अर्ब ५९ करोड २८ लाख रुपैयाँको व्यापार गरेका थिए।

Esewa
Crest

हाल १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्।

२०८१ साउनमा जीवन बीमा कम्पनीहरुले १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। २०८० साउनमा जीवन बीमकहरुले १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा व्यापार ५.२६ प्रतिशतले घटेको छ।

यसैगरी २०८१ साउनमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। २०८० साउनमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। यो हिसाबले अघिल्लो वर्षको तुलनामा निर्जीवन बीमकको व्यापार भने ८.१७ प्रतिशतले बढेको छ।

२०८१ साउनमा जीवन बीमकको कुल सक्रिय बीमालेख १ करोड ३७ लाख ७ हजार २५१ वटा रहेको छ। २०८० साउनमा कुल सक्रिय बीमालेख संख्या १ करोड ४० लाख २१ हजार ५४० वटा थियो। अघिल्लो वर्षको तुलनामा सक्रिय बीमालेख संख्या २.२४ प्रतिशतले घटेको छ।

त्यस्तै २०८१ साउनमा निर्जीवन बीमकको कुल सक्रिय बीमालेख २ लाख ४१ हजार ३१४ वटा रहेको छ। २०८० साउनमा कुल सक्रिय बीमालेख संख्या २ लाख १३ हजार ८२८ वटा थियो। अघिल्लो वर्षको तुलनामा सक्रिय बीमालेख संख्या १२.८५ प्रतिशतले बढेको छ।

२०८१ साउनमा कम्पनीहरुले २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका छन् भने नवीकरण जीवन बीमाशुल्कबापत १५ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ उठाएका छन्।

२०८१ साउनसम्म बीमा दायरामा ४२.७० प्रतिशत जनसंख्या आएको प्राधिकरणको तथ्यांकले देखाउँछ। जब कि २०८० साउनसम्म ४४ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS