GBIME
IME Life

पहिलो महिनामै जीवन बीमकको व्यापार साढे १८ अर्ब बढी, ३ कम्पनीको कब्जामा आधा बजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को पहिलो महिना अर्थात साउन महिनामा जीवन बीमा कम्पनीहरुले कुल साढे १८ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार ३ लाख २२ हजार ७८६ वटा बीमा पोलिसी बिक्री गरी कुल १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेकुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा नेपाल लाइफले ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ३० दशलमव ८१ प्रतिशत हिस्सा ओगटेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको १२ दशलमव २२ प्रतिशत हिस्सा ओगटेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले २ अर्ब ७ करोड ८० लाख रुपैयाा कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ११ दशलमव २१ प्रतिशत हिस्सा ओगटेको छ ।

SKYWELL
Crest

हिमालयन लाइफले १ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको १० दशलमव ४३ प्रतिशत हिस्सा ओगटेको छ । सूर्यज्योति लाइफले १ अर्ब १२ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ६ दशलमव ०९ प्रतिशत हिस्सा ओगटेको छ । एशियन लाइफले ९२ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ५ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यस्तै, सिटिजन लाइफले ७६ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ४ दशलमव १२ प्रतिशत हिस्सा ओगटेको छ । सानिमा रिलायन्स लाइफले ६७ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ३ दशलमव ६५ प्रतिशत हिस्सा ओगटेको छ । प्रभु महालक्ष्मी लाइफले ५८ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ३ दशलमव १७ प्रतिशत हिस्सा ओगटेको छ ।
यता, आइएमई लाइफले ५४ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको २ दशलमव ९३ प्रतिशत हिस्सा ओगटेको छ । मेट लाइफले ५० करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको २ दशलमव ७३ प्रतिशत हिस्सा ओगटेको हो । रिलायबल नेपाल लाइफले ४९ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको २ दशलमव ७० प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी राष्ट्रिय जीवन बीमा कम्पनीले ४६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको २ दशलमव ५३ प्रतिशत हिस्सा ओगटेको छ । सन नेपाल लाइफले ४४ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको २ दशलमव ४२ प्रतिशत हिस्सा ओगटेको छ ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS