IME Life New

हुन्डाईले ल्यायो डुअल सिलिन्डर प्रविधिसहितको फेमिली सेडान, दिनेछ २८ किमी माइलेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हुन्डाई मोटर इन्डियाले केही साताअघि आफ्ना दुई मोडल एक्सटर र ग्रान्ड आई१० निओसमा डुअल–सिलिन्डर सीएनजी प्रविधि ल्याएको थियो। अब कम्पनीले आफ्नो सबैभन्दा किफायती सेडान कार हुन्डाई औराको बेस स्पेक ‘ई’ ट्रिम फ्याक्ट्री–फिट गरिएको सीएनजी किटका साथ लन्च गरेको छ। आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित यस पारिवारिक सेडान कारको मूल्य भारु ७.४८ लाख (एक्स शोरुम) तोकिएको छ।

टाटा मोटर्सले पहिलोपटक सीएनजी कारहरुमा डुअल–सिलिन्डर प्रविधि प्रयोग गरेको थियो। टाटाले टियागो, टिगोर र पञ्चजस्ता कारमा यो प्रविधि प्रयोग गरेको छ। यस प्रविधिको विशेष कुरा यो हो कि कारमा एउटा ठूलो सीएनजी सिलिन्डरको सट्टा दुईवटा साना (डुअल) सिलिन्डर उपलब्ध गराइएको छ। जसले कारभित्र राम्रो बुट स्पेस प्रदान गर्दछ ता कि तपाइँले कारको ट्रंकसँग सम्झौता गर्न नपरोस्।

Esewa
Crest

सेडान कारको लुक र डिजाइनमा कुनै परिवर्तन गरिएको छैन। यो कार पहिले सीएनजी विकल्पमा पनि उपलब्ध थियो। अब यसमा दोहोरो सिलिन्डर प्रविधि समावेश गरिएको छ। हुन्डाई औरा हाई–सीएनजी ई ट्रिममा १.२ लिटर क्षमताको द्वि–इन्धन पेट्रोल इन्जिन छ, जुन ५–स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ। यो इन्जिनले ६००० आरपीएममा ६९ एचपीको पावर र ४००० आरपीएममा ९५.२ एनएमको टर्क जेनेरेट गर्छ। यो कारले २८.४ किलोमिटर प्रति किलोग्राम माइलेज दिने कम्पनीको दाबी छ।

औसा एचवाई–सीएनजी मा फ्रन्ट पावर विन्डोज, ड्राइभर सिट उचाइ समायोजन, समायोज्य रियर सिट हेडरेस्ट र बहु–सूचना डिस्प्लेका साथ एक ८.८९ सेमी स्पिडोमिटर समावेश छ। सेडानमा स्टाइलिस जेड आकारको एलईडी टेल ल्याम्प पनि छ। जसले यसको डिजाइन अपीलमा थप्छ। सुरक्षाको हिसाबले यो कारमा ६ वटा एयरब्याग, ३ प्वाइन्ट सिट बेल्ट (सबै सिट), सिटबेल्ट रिमाइन्डर (सबै सिट) र अन्य धेरै सुरक्षा सुविधा उपलब्ध गराइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS