IME Life New

आउँदो वर्षबाट यो देशमा पेट्रोल र डिजेल गाडीमा प्रतिबन्ध, अरु देशमा कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पृथ्वीको तापक्रम बढेसँगै जलवायु परिवर्तनको समस्या बढेको छ। यसलाई रोक्न धेरै देशहरुले उत्सर्जन घटाउने उपायहरु गर्न थालेका छन्। यसमा नयाँ पेट्रोल र डिजेल सवारीसाधनको बिक्रीमा प्रतिबन्ध पनि समावेश छ। तर विभिन्न देशले यसका लागि फरक–फरक लक्ष्य राखेका छन्।

उदाहरणका लागि युरोपेली देश नर्वेमा अर्को वर्ष २०२५ बाट पेट्रोल र डिजेलमा चल्ने सवारीसाधनको बिक्री बन्द हुने भएको छ। भारतले सन् २०४० मा गर्ने योजना बनाएको छ। त्यसैगरी चीनले हामीभन्दा ५ वर्षअघि अर्थात सन् २०२५ मा पेट्रोल र डिजेलमा चल्ने नयाँ कारको बिक्री रोक्ने लक्ष्य राखेको छ।

Esewa
Crest

यस मामिलामा नर्वेको योजना सबैभन्दा महत्वाकांक्षी छ। यो देशले अर्को वर्ष अर्थात् २०२५ मा नयाँ पेट्रोल र डिजेल गाडीको बिक्री बन्द गर्नेछ। बेल्जियमले यो २०२९ मा गर्ने संकल्प गरेको छ।

यसैगरी जर्मनी, ग्रीस, आइसल्यान्ड, इजरायल, नेदरल्यान्ड्स, स्विडेन र डेनमार्कले सन् २०३० मा पेट्रोल र डिजेलमा चल्ने नयाँ कारको बिक्री रोक्ने लक्ष्य राखेका छन्। क्यानडा, चिली, चीन, इटाली, जापान, दक्षिण कोरिया, पोर्चुगल, थाइल्यान्ड, बेलायत र अमेरिकाले सन् २०३५ सम्ममा पेट्रोल–डिजेल गाडीको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने योजना बनाएका छन्।

भारतसँगै धेरै देशले सन् २०४० सम्ममा पेट्रोल र डिजेल सवारी साधनको बिक्री बन्द गर्ने लक्ष्य राखेका छन्। यसमा अस्ट्रिया, क्रोएसिया, इजिप्ट, एल साल्भाडोर, आयरल्यान्ड, मेक्सिको, न्यूजिल्याण्ड, पाकिस्तान, पोल्याण्ड, स्पेन र टर्की पर्छन्।

चाखलाग्दो कुरा के छ भने इजिप्टबाहेक अफ्रिकाका कुनै पनि देशले यस्तो लक्ष्य राखेका छैनन्। साथै, सबैभन्दा बढी कच्चा तेल उत्पादन गर्ने खाडी देशहरुले पनि त्यस्तो कुनै लक्ष्य तोकेका छैनन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS