IME Life New

सस्तियो मारुती सुजुकीको कार, कति घट्यो मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कार किन्ने योजनामा रहेकाहरुका लागि खुसीको खबर आएको छ। भारतको सबैभन्दा ठूलो अटो कम्पनी मारुती सुजुकी इन्डियाले अल्टो के१० र एस–प्रेसोका केही मोडलको मूल्य तत्काल लागू हुने गरी घटाएको हो।

कम्पनीले एस–प्रेसो एलएक्सआई पेट्रोलको मूल्य भारु २ हजार र अल्टो के१० भीएक्सआई पेट्रोलको मूल्य भारु ६ हजार ५०० ले घटेको छ। अल्टो के१० को मूल्य भारु ३ लाख ९९ हजारदेखि भारु ५ लाख ९६ हजारबीच रहेको छ। जब कि एस–प्रेसोको मूल्य भारु ४ लाख २६ हजारदेखि भारु ६ लाख ११ हजार (एक्स–शोरुम दिल्ली) बीच छ। कम्पनीका साना कार (जसमा अल्टो र एस–प्रेसो समावेश छन्) को अगस्टमा बिक्री घटेको थियो।

Esewa
Crest

कार बिक्री घटेपछि मारुती सुजुकीले आफ्ना गाडीको मूल्य घटाउन सक्ने अनुमान गरिएको थियो।

वर्ष २०२४–२५ को पहिलो त्रैमासमा कम्पनीको उत्पादन गत वर्षको तुलनामा ७.४ प्रतिशतले बढेको छ। कम्पनीले ४ लाख ९६ हजार गाडी उत्पादन गरेको छ। तर, यस अवधिमा कम्पनीको बिक्री मात्र १.२ प्रतिशतले बढेको छ। कम्पनीले अप्रिल–जुन त्रैमासिकमा ४ लाख २७ हजार सवारीसाधन बिक्री गरेको छ। यसको मतलब डिलरसँग अझै पनि थुप्रै गाडी बाँकी रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS