IME Life New

नाडा अटो शोः स्काईवेलका ९९ वटा विद्युतीय गाडीको बुकिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शोमा स्काईवेलका ९९ वटा विद्युतीय गाडी बुकिङ भएको छ।

अटो शोको पाँचौँ दिनसम्म स्काईवेलका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक जी मोटर्स प्रालिले ९९ वटा बुकिङ भएको जनाएको हो। यसरी बुकिङ गरिएका गाडीमा स्काईवेल इटी ५ र बीई ११ मोडेलका ६२० किमी, ५२० किमी र ४२० किमी रहेको कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले जानकारी दिए।

Esewa
Crest

हाल नेपालमा ४० वटाभन्दा बढी स्काईवेलका ईटी ५ प्रिमियम विद्युतीय एसयूभी बिक्रीवितरण भइसकेका छन्। जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि स्पेसल मूल्य ४१० किमी बीई ११ को ७५.९० लाख रुपैयाँ, ५२० किमी बीई ११ को मूल्य ८५.९० लाख रुपैयाँ ईटी ५ को मूल्य १.१० करोड रुपैयाँ कायम गरेको छ।

स्काईवेल ६५ भन्दा बढी देश जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।

नाडा शोपश्चात सबै मोडेलमा ५ लाख रुपैयाँले मूल्य वृद्धि हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS