IME Life New

चीनलाई क्यानडाको झट्का, इलेक्ट्रिक कार आयातमा लगायो १००% भन्सार शुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकापछि अहिले विश्वका धेरै देशले चिनियाँ इलेक्ट्रिक कारका सम्बन्धमा कडा नियम लागू गरिरहेका छन्। अब क्यानडा सरकारले चीनमा उत्पादित विद्युतीय सवारीसाधन (ईभी) आयातमा सतप्रतिशत भन्सार लगाउने निर्णय गरेको छ। यो अमेरिकाले लगाएको आयात शुल्कजस्तै हो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा पनि २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। ट्रुडोले चीनजस्ता देशले विश्व बजारमा आफूलाई अनुचित फाइदा दिन रोजेको आरोप पनि लगाएका छन्।

Esewa
Crest

क्यानडा सरकारले आयात शुल्क बढाउने विषयमा ३० दिनसम्म परामर्श सुरु गरेको थियो। क्यानाडाको यो कदम अमेरिका र युरोपेली आयोगले चिनियाँ विद्युतीय सवारीमा उच्च आयात शुल्क लगाउने योजना घोषणा गरेको केही हप्तापछि आएको हो।

प्रधानमन्त्री ट्रुडो र क्याबिनेट मन्त्रीसँगको भेटमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले क्यानडालाई यस्तो कदम चाल्न प्रोत्साहित गरेका थिए। हाल क्यानाडामा चीनमा बनेको टेस्ला कारमात्रै आयात हुन्छ। जुन सांघाईमा उत्पादन हुन्छ। क्यानाडामा चिनियाँ ब्रान्डका विद्युतीय सवारीसाधन बिक्री वा आयात भइरहेको छैन।

चीनका ईभी उत्पादकहरुले विश्वभरका बजारमा आफ्नो उपस्थिति द्रुत गतिमा विस्तार गरिरहेका छन्। यही गति निरन्तरता पाएमा आगामी दिनमा चिनियाँ इलेक्ट्रिक कारले विश्वमा प्रभुत्व जमाउनेछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS