IME Life New

दुबईमा एमडिटआरटी ग्लोबल कन्फेरेन्स शुरू, नेपालबाट पनि सहभागी भए अभिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एमडिटआरटी ग्लोबल कन्फेरेन्स सोमबारदेखि दुबईमा शुरू भएको छ। पाँच दिनसम्म सञ्चालन हुने यो सम्मेलनमा मिलियन डलर राउण्ट टेबल संस्थाको सदस्यताका लिएका र सन् २०२४ को एमडिआरटीका लागि योग्य भएका वित्तीय सल्लाहकार(बीमा अभिकर्तासमेत) सहभागी भएका छन्।

सम्मेलनमा नेपालबाट पनि विभिन्न बीमकबाट जीवन बीमा अभिकर्ताहरूको टोली सहभागी भएका छन् । सम्मेलन आयोजकका अनुसार सम्मेलन अवधिभर अधिकजसो अभिकर्ताकारूपमा वृत्ती विकासका विषयमा अन्तरकृया र प्रवचन हुनेछन् । यसबाहेक एमिडआरटीका लागि कसरी योग्य हुने, बीमा अभिकर्ताका रूपमा सफलता हासिल गर्न के के गर्ने लगायतका विषयमा अनुभव साटासाट गरिनेछ। विषय विज्ञ र एमडिआरटीका पदाधिकारीहरूले आफ्नो विचार र अनुभव सुनाउनेछन् ।

Esewa
Crest

यसबाहेक बीमालेख बिक्री गर्दा ग्राहकबाट आउन सक्ने संभावित अवरोधहरूको कसरी सामना गर्ने, कसरी संभावित बीमितला पेन्सन बीमा योजनाको विशेषताहरू, बीमा बजारीकरणमा अभिकर्ताले कसरी कृत्रिम बुद्धिमता(एआई) को प्रयोग गर्ने लगायतका बारेमा प्रवचन र गोष्ठी हुनेछन् । कार्यक्रममा बीमा योजनाको बजारीकरण, बदलिंदो परिवेशमा बीमा बजारीकरण, सफल अभिकर्ताका लागि आवश्यक गुण लगायतका विषयमा पनि अन्तरकृया र गोष्ठीको आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS