IME Life New

जीवन बीमकले कर्मचारीको तलबभत्तामा खर्च गरे रु. ५.८९ अर्ब, कसले कति ? (सूचीसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।८१ मा कर्मचारीका लागि ५ अर्ब ८९ करोड रुपैयाँ बढी खर्च गरेको छ।

जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको आफ्नो वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कर्मचारीको तलब र भत्तामा ५ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ खर्च गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा जीवन बीमकहरुले कर्मचारीहरुका लागि ५ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ खर्च गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कर्मचारीका लागि गरिएको खर्च ५.८८ प्रतिशतले बढेको छ।

Crest

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीमध्ये कर्मचारीका लागि सबैभन्दा धेरै खर्च गर्नेमा हिमालयन लाइफ रहेको छ। यो कम्पनीले समीक्षा वर्षमा ८८ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ। यद्यपि, यो खर्च अघिल्लो वर्षको तुलनामा ११.३१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष कम्पनीले ९९ करोड ७० लाख रुपैयाँ खर्च गरेको थियो।

कर्मचारीका लागि दोस्रो धेरै खर्च गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ। समीक्षा वर्षमा यो कम्पनीले तलब र भत्तामा ७४ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष ८५ करोड ९ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनाम समीक्षा वर्षमा कम्पनीले कर्मचारीका लागि गरेको खर्च १२.७० प्रतिशतले घटेको छ।

तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ। समीक्षा वर्षमा यो कम्पनीले कर्मचारीको तलब र भत्तामा ६० करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यस्तो खर्च ६२ करोड ६२ लाख रुपैयाँ रहेको थियो। समीक्षा वर्षमा खर्च ३.३३ प्रतिशतले घटेको छ।

समीक्षा वर्षमा कर्मचारीको तलब र भत्तामा नेसनल लाइफले ४८ करोड ३८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४६ करोड ७६ लाख रुपैयाँ, सानिमा रिलायन्सले ४१ करोड ६३ लाख रुपैयाँ, मेट लाइफले ३६ करोड ८८ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ३५ करोड ९० लाख रुपैयाँ र एसियन लाइफले ३४ करोड २० लाख रुपैयाँ खर्च गरेका छन्।

यसैगरी समीक्षा वर्षमा सिटिजन लाइफले ३२ करोड ११ लाख रुपैयाँ, सन नेपाल लाइफले ३१ करोड ३१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २९ करोड २९ लाख रुपैयाँ, आइएमई लाइफले २९ करोड २६ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ५९ लाख ८४ हजार रुपैयाँ कर्मचारीको तलब र भत्तामा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS