IME Life New

जीवन बीमालेखको प्रफिट टेष्टिङ के हो ? बीमितका लागि यो किन आवश्यक छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरूले सामान्यतया दुई प्रकारले नाफा कमाउँछन्, एउटा बीमालेख बिक्रीबाट र अर्को लगानीबाट । बीमालेख बिक्रीबाट हुने आम्दानी वा बचत भनेको बीमाशुल्कवापत प्राप्त रकमबाट सबै खर्च कटाएर बाँकी रहने रकम हो । बीमा कम्पनीले मुनाफा वा प्रतिफल प्राप्त गर्ने अर्को माध्यम पूँजी र लगानीयोग्य बचतको लगानीबाट प्राप्त हुने प्रतिफल।

जीवन बीमा कम्पनीको दीर्घकालीन अस्तित्वका लागि बीमालेख बिक्री अर्थात् अण्डरराइटिङ(जोखिमाङ्कन)बाट प्राप्त हुने नाफा एकदमै महत्वपूर्ण हुन्छ। कुनै जीवन बीमकले लगानीवापतको प्रतिफलबाट मात्र नाफा कमाएको र अण्डरराइटिङबाट लगातार घाटा व्यहोर्नु परिरहेको छ भने त्यस्तो बीमकको सम्पत्ती क्षयीकरण हुँदै अन्ततः कंगाल हुनजान्छ।

Esewa
Crest

बीमा कम्पनीले विभिन्न पूर्वानुमान र प्रक्षेपणमा आधारित रहेर गणितीय आधारमा कुनै पनि बीमालेखबाट भविष्य हुने संभावित बचत वा नाफाको गणना गर्छन् । यस्तो गणनाको काम विशेषज्ञ अर्थात् एक्चुअरी(बीमाङ्की) बाट गराइन्छ। यस्तो गणनाको लागि बीमकले आफूसँग रहेको जीवन बीमा कारोबार सम्बन्धि पर्याप्त तथ्यांक उपलब्ध गराएर बीमाङ्कीलाई वास्तविकताको नजिक पुग्ने गरी पूर्वानुमान वा प्रक्षेपणमा सहयोग पुर्‍याउनुपर्छ। तथ्यांकमा ढाँटेमा र वास्तविक अनुभव नसाटेको अवस्थामा प्रक्षेपण गलत हुनसक्छ र बीमालेखबाट नाफा नभएर घाटा हुने संभावना अधिक हुन जान्छ।

बीमकले बढीभन्दा बढी बीमालेख बिक्री गर्नका लागि कहिलेकाहीँ कुनै कुनै बीमालेखमा बोनश नै लोडिङ नै गरेका हुँदैनन् वा गरेपनि एकदमै थोरै गरेका हुन्छन् , जसको परिणामस्वरूप त्यस्तो बीमालेखको बोनश दर एकदमै न्यून हुनपुग्छ। उदाहरणका लागि वार्षिकरूपमा अग्रिम भुक्तानी दिइने धन लाभ प्रकृतिका बीमालेखहरूमा अहिले अधिकांश जीवन बीमकको बोनश दर २ देखि ४ प्रतिशतको हाराहारीमा सीमित छ।

बीमालेखको बिक्री र बीमाशुल्क बचतबाट गरिने लगानीवापतको प्रतिफल र पुनर्बीमा कमिशनवापत प्राप्त हुने आम्दानी समेतको आधारमा नगद आप्रवाह गणना गरिन्छ। अर्थात् आम्दानीको गणना गरिन्छ। यसैगरी बीमाङ्की शुल्क, नियामकीय शुल्क, पुनर्बीमा शुल्क, अभिकर्ता कमिशन, प्रशासनिक खर्च, मृत्यु दाबी, समर्पण दाबी, बोनश खर्च, व्यतित बीमा लगायतका कारण हुने नगद विप्रवाहको गणना गरिन्छ। आप्रवाह र विप्रवाहको अन्तरका आधारमा कुनै पनि बीमालेखबाट हुने नाफा घाटाको हिसाब निकालिन्छ।

बीमा दाबी पर्ने, बीमालेख व्यतित हुने, बोनश वितरण गर्नुपर्ने, अभिकर्ता कमिशन, पुनर्बीमा कमिशन लगायतका विभिन्न खर्चहरूका कारण सामान्य गणनाका माध्यमबाट कुनै पनि निश्चित बीमालेख नाफा वा घाटामा छ भन्ने यकीन गर्न संभव हुँदैन । यसका लागि बीमाङ्कीय विश्लेषण नै आवश्यक पर्छ।

कुनै पनि बीमालेखको प्रोडक्ट प्रफिट टेस्टिङ(मुनाफा परिक्षण) ले त्यो बीमालेखलाई निरन्तरता दिने वा बिक्री बन्द गर्ने निर्णय लिन महत्वपूर्ण सुझाव बीमकलाई प्राप्त हुन्छ।यसबाहेक प्रचलनमा रहेकोमध्ये कुन बीमालेखबाट धेरै र कुनबाट थोरै नाफा छ सोको पहिचान गर्न सहज हुन्छ। यसरी पहिचान गरिएपछि अधिक नाफा हुने बीमालेखको बिक्री वितरणमा जोड दिएर बीमकले नाफा बढाउने प्रयास गर्न सहज हुन्छ।

मुनाफा परिक्षणले बीमकलाई मात्र नभएर बीमितलाई समेत फाइदा पुर्‍याउँछ। बीमालेखको बिक्रीबाट नाफा बढ्दा बीमितले प्राप्त गर्ने बोनश दर बढ्छ। नाफामा बीमालेख बिक्री गर्ने बीमक वित्तीयरूपमा बलियो हुने भएकाले बीमितलाई आवश्यक परेका बेला तत्कालै रकम दाबी भुक्तानी गर्न सक्षम हुन्छ। लामो सयमसम्म बीमक आर्थिकरूपमा टाँट पल्टिने जोखिम हुँदैन ।

पछिल्लो समयमा नेपालमा जीवन बीमा योजनाहरूको मुनाफा परिक्षण कार्य प्राथमिकताका साथ भई रहेकाले १५ वर्षभन्दा पुराना बीमकले पुराना बीमालेखको बिक्री बन्द गर्दै नयाँ बीमालेख जारी गरिरहेका छन् । लोकप्रिय पुरानो बीमा योजनाको नाम अघिल्तिर नाैलो, सुनाैलो,प्लस, प्रिमियम, स्पेशल,विशेष यस्तै यस्तै नाम थपेर पर्याप्त बोनश लोड गरिएको र तुलनात्मकरूपमा महँगो बीमाशुल्क सहितको बीमालेख प्रचलनमा ल्याउन थालेका छन् ।

गर्दा प्रचलनमा रहेका बीमालेखहरूको सम्बन्धमा बीमकले गरेको अनुभव ज्यादै महत्वपूर्ण हुन्छ। कम्तीमा १० वर्षसम्म समय प्रचलनमा रहेको जीवन बीमालेखबाट नै प्रफिट टेस्टिङका लागि उपयोगी र विश्लेषणयोग्य तथ्य र तथ्यांक उपलब्ध हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS