IME Life New

प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, ७% हकप्रद पनि ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरु चुक्तापुँजीको कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश छन्।

Esewa
Crest

सोही बैठकले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको ७ प्रतिशतबरारबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। यसअघि नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्तापुँजी कायम गर्न १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णयलाई पुनरावलोकन गर्दै ७ प्रतिशत कायम गर्ने निर्णय कम्पनीले गरेको हो। बोनस शेयर वितरण गर्ने भएपछि कम्पनीले हकप्रदमा पुनरावलोकन गरेको हो।

गत वर्ष पुस २९ गते सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट अनुमोदन गराई नेपाल धितोपत्र बोर्डसमक्ष आवश्यक कागजात सहित १७ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि कम्पनीले निवेदन पेस गरेको थियो। तर, नेपाल धितोपत्र बोर्डबाट हालसम्म स्वीकृति प्राप्त नभएकाले हकप्रद पुनरावलोकन गर्ने निर्णय गरिएको कम्पनीले स्पष्ट पारेको छ।

प्रस्तावित लाभांश र हकप्रद स्वीकृतिका लागि बीमा प्राधिकरणसमक्ष पेस गरिने कम्पनीले जनाएको छ। प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS