IME Life

इकाइ आबद्ध जीवन बीमा योजना के हो ? कसरी काम गर्छ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इकाइ आबद्ध जीवन बीमा योजना नेपालको बीमा उपभोक्ताका लागि नौलो हो । नेपालको बीमा बजारमा अझैसम्म पनि यस्तो बीमा योजना प्रयोगमा ल्याइएको छैन। नेपालको शेयर बजार परिपक्व भई नसकेको, सर्वसाधारणलाई पुँजी बजारमा लगानीको पर्याप्त अनुभव भई नसकेको वा बीमा कम्पनीहरु यस्तो योजनाका लागि तयार भई नसकेका कारणले नेपाली बीमितमाझ अझैसम्म पनि यस्तो योजना नल्याइएको हुन सक्छ।

यो बीमा योजनाले तपाइँको दीर्घकालीन पैसाको खाँचो पूरा गर्नका लागि दोहोरो लाभ प्रदान गर्छ। दुर्भाग्यपूर्ण घटनामा तपाइँको परिवारलाई आर्थिक रुपमा सुरक्षित गर्न जीवन कभर प्रदान गर्दछ र इकाइ आबद्ध योजनातर्फ भुक्तानी गरिएको बीमाशुल्कलाई दुई भागमा विभाजन गरिएको हुन्छ। यसको एक भाग तपाइँको बीमांकमा योगदान गरिन्छ र बाँकी तपाइँले रोजेको कोषमा लगानी गरिन्छ। तपाइँले आफ्नो जोखिम बहन क्षमता र लक्ष्यअनुसार प्राथमिक शेयर, ऋणपत्र वा दुवै खाले कोषको संयोजनमा लगानी गर्ने विकल्प रोज्न सक्नुहुन्छ। यसले इकाइ आबद्ध बीमा योजनालाई तपाइँ र तपाइँको परिवारको दीर्घकालीन लक्ष्यहरुका लागि एक आदर्श लगानी विकल्प बनाउँछ।

SKYWELL
Crest

एकल बीमाशुल्क

एकल बीमाशुल्क इकाइ आबद्ध बीमा योजनाले तपाइँलाई बीमालेखको प्रारम्भ मितिमा नै एकमुष्ट बीमाशुल्क भुक्तानी गर्ने विकल्प प्रदान गर्छ। सम्पूर्ण लगानी र जीवन जोखिम बहन एकल भुक्तानीसँगै गरिन्छ। जुन वित्तीय योजनाका लागि एक सुविधाजनक दृष्टिकोण हो।

नियमित बीमाशुल्क भुक्तानी

इकाइ आबद्ध बीमा योजनाले नियमित बीमाशुल्क किस्ता भुक्तानी गर्ने विकल्प दिन्छ। तपाइँले मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा बीमाशुल्क किस्ता भुक्तानी गर्न सक्नुहुन्छ। तपाइँले बीमा योजना खरिद गर्ने समयमा नै यस्तो विकल्प छनौट गर्नुपर्छ।

बीमाशुल्क भुक्तानी अवधि

केही इकाइ आबद्ध योजनाले बीमाशुल्क भुक्तानी गर्ने वर्षहरुको संख्या चयन गर्ने सुविधा प्रदान गरेको हुन्छ। उदाहरणका लागि १५ वर्षे बीमा योजनाका लागि ५, १० वा पूरै १५ वर्षसम्म बीमाशुल्क भुक्तानीको विकल्प प्रदान गरिएको हुन सक्छ। यो बीमा योजनाको विशेषता र बीमितको रोजाइमा आधारित हुन्छ।

इकाइ आबद्ध योजनामा लगानीका फाइदा

बीमांक छनोट गर्ने स्वतन्त्रता

इकाइ आबद्ध योजना बीमालेखमा तपाइँले बीमांकको छनौट गर्न सक्नुहुन्छ। धेरैजसो इकाइ आबद्ध योजनामा प्रस्ताव गरिएको न्यूनतम बीमांक रकम तपाइँको वार्षिक बीमाशुल्क रकमको १० गुणा हुन्छ। बीमालेख योजनाको विशेषता र बीमा कम्पनीको आधारमा, तपाइँले वार्षिक बीमाशुल्कको ४० गुणा वा त्यो भन्दा बढीसम्म पनि बीमांक छनौट गर्न सक्नुहुन्छ।

लगानीको प्रकार छनौट गर्ने स्वतन्त्रता

इकाइ आबद्ध योजनामा तीन आधारभूत प्रकारका कोषहरु हुन्छन्– साधारण शेयर पुँजी कोष, ऋण कोष र दुवैको मिश्रण भएको सन्तुलित कोष । पुँजी कोषमा दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको शेयर वा सामूहिक लगानी कोषमा लगानी गर्ने विकल्प समावेश हुन्छन्। ऋण कोषले ऋणपत्र जस्तै ऋण उपकरणहरुमा लगानी गर्छ। सन्तुलित कोषहरु ती कोषहरु हुन्, जसले शेयर र ऋणपत्र दुवैमा समान अनुपातमा लगानी गर्दछ। तपाइँले आफ्नो लगानी शेयर वा ऋणपत्रहरुबीच आवश्यक्ता अनुसार सार्न पनि सक्नुहुन्छ।

तरलता

इकाइ आबद्ध योजनामा तपाइँले आंशिक भुक्तानीको विकल्प पनि प्राप्त गर्नुहुन्छ। जसले तपाइँलाई आफ्नो बीमामा लगानी गरेको पैसाको एक भाग फिर्ता लिन अनुमति दिन्छ। यो विकल्पले तपाइँलाई आफ्नो बच्चाको शिक्षण शुल्क, पारिवारिक घुमघाम, आपतकालीन अवस्थामा खर्च व्यवस्थापन गर्न मद्दत गर्छ।

लक्ष्यमा आधारित योजना

यो योजनामा तपाइँका लक्ष्य जस्तै धन सिर्जना, सेवानिवृत्ति योजना वा बच्चाको शिक्षाका लागि बचत गर्न मद्दत गर्न गरिन्छ। यसले तपाइँलाई बीमाशुल्क रकम भविष्यका लक्ष्यहरु सुरक्षित गर्ने दिशामा काम गरिरहेको छ भन्ने थाहा पाउनुको थप लाभ पनि दिन्छ।

कर लाभहरु

आयकर ऐन, २०४९ र आर्थिक विधेयकको प्रावधानअनुसार तपाइँले वार्षिक बीमाशुल्क किस्ताबापतको अधिकत्तम ४० हजार रुपैयाँसम्म करयोग्य आयबाट कटौती गर्न सक्नुहुन्छ।

यो योजनाले कसरी काम गर्छ ?

यो जीवन बीमा योजनाको एक श्रेणी हो, जसले तपाइँलाई जीवन कभरको साथमा तपाइँको पैसाको वृद्धिको लाभ प्रदान गर्छ। तपाइँको बीमाशुल्कको एक भाग तपाइँका लागि बीमांकमा लगानी गरेर र बाँकी तपाइँको मनपर्ने कोषमा लगानी गरेर गर्छन्। धेरैजसो कोषले तपाइँलाई बहुशेयर र ऋण कोषबाट छनौट गर्ने विकल्प दिन्छ। तपाइँको जोखिम बहन गर्न सक्ने चाहना वा शक्तिअनुसार दुवै प्रकारको कोषको मिश्रणमा पनि लगानी गर्न सक्नुहुन्छ।

तपाइँको योजनाबाट प्राप्त हुने प्रतिफल तपाइँले छानेको कोषको प्रतिफलमा निर्भर हुनेछ। तपाइँले लगानी गरेको कम्पनी नाफामा गयो र शेयर बजारमा यसको शेयरको माग कुनै पनि कारणले बढ्यो भने शेयरमूल्य बढ्नेछ। साथै, तपाइँले गरेको लगानी रकम पनि स्वतः बढ्नेछ र प्रतिफल पनि बढ्नेछ। तर, कम्पनी घाटामा गयो वा शेयरको मूल्य खस्कियो भने तपाइँको लगानी पुँजी संकुचित हुन्छ, तपाइँलाई घाटा हुन्छ।

नेपालको बीमा बजारमा जीवन बीमा कम्पनीले अहिले बीमितलाई वार्षिक ५ देखि ६ प्रतिशतसम्मको प्रतिफल दिइरहेका छन् । यस्तो प्रतिफल तपाइँले बोनसदर घोषणाका माध्यमबाट सहजै थाहा पाउनुहुन्छ, यो करिब–करिब सुनिश्चित र सीमित हुन्छ। इकाइ आबद्ध योजनामा शेयर बजारको अवस्था र तपाइँले लगानी गरेको कम्पनीको कार्यसम्पादन र नाफामा निर्भर हुने भएकाले यो अनिश्चित हुन्छ। यसमा नाफा वा घाटा हुन सक्छ। यसको प्रतिफल सुनिश्चित हुँदैन।

इकाइ आबद्ध योजना किन लगानी गर्ने ?

यो एउटा जीवन बीमा योजना हो। जसले तपाइँको दीर्घकालीन लक्ष्य पूरा गर्नका लागि लगानीको दोहोरो लाभ र दुर्भाग्यपूर्ण घटनाको अवस्थामा तपाइँका प्रियजनलाई आर्थिक रुपमा सुरक्षित गर्न जीवन बीमाको लाभ प्रदान गर्छ। यसबाट प्राप्त हुने प्रतिफल शेयर बजारसँग जोडिएको हुन्छ। सही योजना र लगानी रणनीतिको मद्दतबाट तपाइँ आफ्नो लगानीमा राम्रो प्रतिफल कमाउन सक्नुहुन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS