IME Life New

साउनमा पनि विद्युतीय चार पाङ्ग्रे सवारी साधनले पेट्रोलियम सवारीको आयात उछिन्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो महिनामै विद्युतीय चार पाङ्ग्रे सवारी साधनको आयातले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको संख्यालाई उछिनेको छ।
भन्सार विभागका अनुसार साउनमा ३८४ युनिट विद्युतीय चार पाङ्ग्रे साधन आयात हुँदा पेट्रोलियम पदार्थबाट चल्ने ३०८ वटा सवारी साधन भित्र्याइएका छन् ।

विद्युतीय सवारीमा सबैभन्दा बढी २०६ वटा चारपाङ्ग्रे विद्युतीय सवारीसाधन चीनबाट आयात भएको छ। विद्युतीय सवारी साधन निर्यातका हिसाबले चीन विश्वकै पहिलो स्थानमा छ।

Esewa
Crest

भन्सार विभागका अनुसार चीनबाट ५० किलोवाटसम्म मोटर क्षमताका ८४ थान र १०० किलोवाटसम्म मोटर क्षमता भएका ११५ थान गाडी आएका छन् । त्योभन्दा बढी क्षमताको ७ थान आयात भएको छ । विभागका अनुसार गत साउन महिनामा भारतबाट ५० किलोवाट भन्दा कम मोटर क्षमताका ७७ थान, १०० किलोवाटसम्म मोटर क्षमताका १०१ थान चारपाङ्ग्रे विद्युतीय सवारी आयात गरिएका छन् ।

यसैगरी पेट्रोलियम पदार्थबाट चल्ने चारपाङ्ग्रेहरूमा १००० देखि १५०० सीसी इन्जिन क्षमताका १७२ थान आयात गरिएको छ। यसबाहेक ८ थान हाइब्रिड जीप (ब्याट्रि र पेट्रोल दुबैबाट चल्ने) पनि आयात भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS