IME Life New

दुई पाङ्ग्रे सवारी साधनको बिक्रीमा हिरो मोटोकर्पलाई उछिन्यो होण्डाले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बजारमा दुई पाङ्ग्रे सवारी साधनको बिक्रीमा होण्डा मोटर्सले हिरो मोटोकर्पलाई उछिनेको छ। भारतीय बजारमा यी दुबै कम्पनीमध्ये होण्डाले पहिलो पटक हिरो मोटो कर्पलाई उछिन्ने पहिलो स्थान हासिल गर्न सफल भएको हो ।

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (साएम) द्वारा जारी तथ्याङ्कले सन् २०२४ को अप्रिलदेखि जुलाई सम्मको तीन महिने अवधिमा होन्डा मोटर्सले हिरो मोटो कर्पको थोक बिक्री संख्यालाई उछिनेको देखिन्छ।

Esewa
Crest

टाइम्स अफ इण्डियाका अनुसार होण्डाले दुई कम्पनी बीचको २६ वर्षको साझेदारी अन्त्य भएको १३ वर्षपछि हिरो मोटोकर्पको घरेलु बिक्रीलाई पहिलो पटक उछिन्न सफलता पाएको हो। जापानी ब्राण्ड होण्डासँगको सहकार्यमा भारतमा हिरोहोण्डा ब्राण्डमा मोटरसाइकल उत्पादन हुँदै आएकोमा २६ वर्ष अघि होण्डा र हिरो मोटर्सले साझेदारी अन्त्य गर्दै होण्डा र हिरो ब्राण्डमा मोटरसाइकल उत्पादन गर्दै आएका थिए ।

साएमका अनुसार सन् २०२४ को अप्रिल-जुलाई अवधिमा होन्डाले स्थानीय उद्योगबाट १८ लाख ५३ हजार ३५०वटा मोटरसाइकल बिक्री गरेको छ।  यो अवधिमा हिरो मोटोकर्पले अवधिमा १८ ला ३१ हजार ६९७ इकाइहरू उद्योगबाट बिक्री गरेको छ ।  होण्डाले आफ्नो निकटतम प्रतिद्वन्द्वी भन्दा २१ हजार ६५३ इकाइ बढी दुई पाङ्ग्रे सवारीसाधन उद्योगबाट घरेलु बजारमा बिक्रीका लागि पठाएको छ । यो संख्यामा निर्यात भएको मोटरसाइकलको संख्या गणना गर्दा भिन्नता १ लाख ३० हजार इकाइ भन्दा बढी नाघ्छ। चाखलाग्दो कुरा के छ भने, सन् २०२३ मा सोही अवधिमा होन्डाले १२ लाख ६३ हजार ६२ इकाइहरू बिक्री गरेको थियो जबकी हिरो मोटोकर्पको १६ लाख ८८ हजार ४५४ वटा दुईपाङ्ग्रे इकाइ मोटरसाइकल घरेलु बजारमा पठाएको थियो।

नेपाली बजारमा समेत बिक्री संख्याका हिसाबले होण्डा ब्राण्डको मोटरसाइकल र स्कुटरले हिरो मोटोकर्पको मोटरसाइकल र स्कुटरको बिक्री संख्या भन्दा धेरै बढी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS