IME Life New

बुलेटप्रुफ टोयोटा फर्च्युनर लन्च, पेस्तोल, राइफल वा मेसिनगन सबै बेअसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानी अटोमोबाइल निर्माता टोयोटा आफ्नो गाडीको गुणस्तर र उत्कृष्ट ड्राइभिङ अनुभवका लागि विश्वभर प्रसिद्ध छ। अहिले कम्पनीले आफ्ना केही मोडलहरु बख्तरबन्द सवारीसाधनका रुपमा प्रस्तुत गर्दैछ। टोयोटाले ब्राजिलमा कम्पनीको फिटेड बुलेटप्रुफसहितका आफ्ना चर्चित कारहरु लन्च गरेको छ। अब यी बुलेटप्रुफ कारहरु डिलरसिपबाट सीधै ग्राहकलाई दिइनेछ।

सामान्यतया मानिसहरुले आफ्नो मनपर्ने कारहरु किन्न र तेस्रो पक्षबाट बुलेटप्रुफ परिमार्जन गराउने गर्थे। तर, ब्राजिलमा कम्पनीले यी कारहरु डिलरसिपमार्फत मात्र बिक्री गर्नेछ। टोयोटाको यो बख्तरबन्द पोर्टफोलियोमा कोरोला सेडान, कोरोला क्रस एसयूभी, हिलक्स पिकअप र एसडब्ल्यू४ जस्ता कारहरु समावेश छन्।

Esewa
Crest

टोयोटा ब्राजिलले नयाँ र प्रयोग गरिएका मोडेलहरुका लागि यो विकल्प उपलब्ध गराउन स्थानीय आर्मरिङ विशेषज्ञहरु एभालोन, कारबन, इभालुसन ब्लाइन्डसेन्स र पार्भी ब्लाइन्ड्याडोससँग साझेदारी गरेको छ। इच्छुक ग्राहकले आफ्नो स्थानीय टोयोटा डिलरसिपमा सम्पर्क गरी आफ्नो गाडी आफ्नो मनपर्ने आर्मरिङ कम्पनीलाई डेलिभरी लिनुअघि नै पठाउन सक्छन्। मनपर्ने आर्मरिङ कम्पनी छनोट गरेपछि र गाडी बुकिङ गरेपछि उनीहरुलाई डेलिभरी मिति दिइनेछ र त्यसपछि ग्राहकले आफ्नो सशस्त्र कार घर लैजान सक्नेछन्।

यी आर्मरिङ कम्पनीहरुले सवारीसाधनहरुमा विशेष कम्पोनेन्टहरु प्रयोग गर्छन्। जसका कारण बडीवर्क बलियो बनाउन बाक्लो झ्यालहरु जडान गरिन्छ। यी झ्यालका सिसाहरु यति बाक्लो र बलियो हुन्छन् कि तिनीहरुले कुनै पनि प्रकारको हतियारको आक्रमणलाई सजिलैसँग सामना गर्न सक्छन्। कम्पनीको आधिकारिक वेबसाइटमा दिइएको जानकारीअनुसार यी गाडीहरु लेभल थ्री आर्मर सिस्टमले सुसज्जित हुनेछन्। जसले पेस्तोल, राइफल, रिभल्भर र मेसिन गनबाट समेत चलेको गोलीलाई सहन सक्छ। यी आर्मरिङ कम्पनीहरुले विशेष कम्पोनेन्ट र सिल्ड जडानमा ५ देखि १० वर्षको वारेन्टी पनि दिइरहेका छन्।

आफ्नो कार बुलेटप्रुफ बनाउन ग्राहकले करिब ३० दिन कुर्नुपर्ने कम्पनीले जनाएको छ। किनकि सवारीसाधनमा हुने अनुकूलनका लागि केही समय लाग्छ। यसपछि सडकमा आएपछि सवारीसाधनमा कुनै खराबी नहोस् भनेर राम्ररी निरीक्षण गर्नुपर्छ। तर, यसले कति समय लिन्छ भन्ने कुरा विभिन्न मोडलहरुमा भर पर्छ।

यो परिमार्जनका क्रममा गाडीको इन्जिन मेकानिजममा कुनै परिवर्तन नगरिने टोयोटाले जनाएको छ। तर, भारी स्टिल र झ्यालको प्रयोग गरेपछि गाडीको परफर्मेन्समा केही असर देख्न सकिन्छ। तर, यी गाडीहरु तपाइँको परिवारलाई सुरक्षित राख्न पूर्ण रुपमा सक्षम हुनेछन्। तर, भारतमा यस्तो सेवा सुरु हुन्छ कि हुँदैन भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS