IME Life New

जीवन बीमकको खुद व्यापार १.५२ खर्बः वृद्धिदरमा प्रभु महालक्ष्मी अगाडि, अन्यको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को अन्त्यसम्ममा कुल १ खर्ब ५२ अर्ब ४३ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छन्। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा कम्पनीहरुले खुद बीमाशुल्क आर्जन १३.९७ प्रतिशतले बढी हो।

समीक्षा वर्षमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले खुद बीमाशुल्क संकलन गरेको छ। कम्पनीले ४० अर्ब ११ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढेको छ।

Esewa
Crest

दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले १८ अर्ब ७९ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले बढी हो।

तेस्रोमा एलआइसी नेपाल रहेको छ। कम्पनीले १८ अर्ब ६ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलना समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ प्रतिशतले बढी हो।

त्यस्तै, हिमालयन लाइफले १६ अर्ब १९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ११ प्रतिशतले बढी हो। सूर्यज्योति लाइफले ९ अर्ब १० करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन २७ प्रतिशतले बढी हो।

समीक्षा वर्षमा राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ४९ करोड ९५ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेको छ। एशियन लाइफले ७ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढी हो।

यता सानिमा रिलायन्स लाइफले ५ अर्ब ८६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७४ प्रतिशतले बढी हो। सिटिजन लाइफले ५ अर्ब ८४ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ प्रतिशतले बढी हो। मेट लाइफले ५ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ८ प्रतिशतले बढी हो।

त्यसैगरी आइएमई लाइफले ४ अर्ब ५२ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढी हो। प्रभु महालक्ष्मी लाइफले ४ अर्ब २३ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन १२२ प्रतिशतले बढेको हो।

रिलायबल नेपाल लाइफले ३ अर्ब ८९ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढी हो। सन नेपाल लाइफले ३ अर्ब ४५ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS