IME Life

जीवन बीमकको खुद व्यापार १.५२ खर्बः वृद्धिदरमा प्रभु महालक्ष्मी अगाडि, अन्यको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को अन्त्यसम्ममा कुल १ खर्ब ५२ अर्ब ४३ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छन्। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा कम्पनीहरुले खुद बीमाशुल्क आर्जन १३.९७ प्रतिशतले बढी हो।

समीक्षा वर्षमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले खुद बीमाशुल्क संकलन गरेको छ। कम्पनीले ४० अर्ब ११ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढेको छ।

Prabhu
Crest

दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले १८ अर्ब ७९ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले बढी हो।

तेस्रोमा एलआइसी नेपाल रहेको छ। कम्पनीले १८ अर्ब ६ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलना समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ प्रतिशतले बढी हो।

त्यस्तै, हिमालयन लाइफले १६ अर्ब १९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ११ प्रतिशतले बढी हो। सूर्यज्योति लाइफले ९ अर्ब १० करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन २७ प्रतिशतले बढी हो।

समीक्षा वर्षमा राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ४९ करोड ९५ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेको छ। एशियन लाइफले ७ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढी हो।

यता सानिमा रिलायन्स लाइफले ५ अर्ब ८६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७४ प्रतिशतले बढी हो। सिटिजन लाइफले ५ अर्ब ८४ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ प्रतिशतले बढी हो। मेट लाइफले ५ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ८ प्रतिशतले बढी हो।

त्यसैगरी आइएमई लाइफले ४ अर्ब ५२ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढी हो। प्रभु महालक्ष्मी लाइफले ४ अर्ब २३ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन १२२ प्रतिशतले बढेको हो।

रिलायबल नेपाल लाइफले ३ अर्ब ८९ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढी हो। सन नेपाल लाइफले ३ अर्ब ४५ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS