IME Life New

जीवन बीमकमध्ये सर्वाधिक नाफा गर्ने कम्पनी बन्यो हिमालयन लाइफ, सबै सूचकमा सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६३ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्ममा कम्पनीले ५२ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २१.५९ प्रतिशतले वृद्धि भएको हो।

Esewa
Crest

समीक्षा वर्षमा शेयर पुँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४३ करोड ४८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४२ करोड १३ लाख रुपैयाँ र अन्य इक्विटीमा २५ करोड २५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको महाविपत्ति कोषमा ४४ करोड ६५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७४ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ३१ करोड ९० लाख रुपैयाँ रहेको थियो।

समीक्षा वर्षमा कम्पनीको जीवन बीमाकोषमा ६४ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ५२ अर्ब १२ करोड ३१ लाख रुपैयाँ थियो। जीवन बीमा कोषको आकार २३.८३ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा वर्षमा कम्पनीले १६ अर्ब ६० करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १४ अर्ब ९४ करोड ९९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन ११.०९ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले १६ अर्ब १९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले १४ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.०९ प्रतिशतले वृद्धि भएको हो।

समीक्षा वर्षमा कम्पनीले १ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४१ करोड ६५ लाख रुपैयाँ खर्चिएको थियो।

समीक्षा वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ७.९० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको वार्षिक ईपीएस ६.५० रुपैयाँ थियो। पीई रेसियो ४९.४७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.२९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%
happy

खुसी

0%
sad

दु :खी

2%
amazed

अचम्मित

6%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS