GBIME
IME Life

नेपाल लाइफको कुल बीमा शुल्क आर्जन करिब १०% ले बढ्दा बीमा कोष करिब दुई खर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

८ अर्ब २० करोड शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३०.८१ प्रतिशतले वृद्धि भएको हो ।

SKYWELL
Crest

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म  कम्पनीको महाविपत्तीकोषमा १ अर्ब  ९ करोड ९० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

असार मसान्तसम्ममा कम्पनीले ४० अर्ब ८४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ अर्ब १६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.९२ प्रतिशतले वृद्धि भएको हो । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७३ करोड ९२ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड २३ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा ४० अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ अर्ब ५१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.८६ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १० करोड ९० लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६.२६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२९.११ रुपैयाँ रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS