IME Life New

वैदेशिक रोजगार बीमालेख व्यापारमा ३ कम्पनीको हिस्सा करिब ६०%, कसले कति उठाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्ममा वैदेशिक रोजगार बीमालेखबाट ३ अर्ब रुपैयाँ माथिको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनीले समीक्षा वर्षमा वैदेशिक रोजगार बीमालेखबाट ३ अर्ब १२ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिमा बीमा कम्पनीहरुको कुल सक्रिय बीमालेख संख्या २० लाख ६९ हजार ४२ रहेको छ।

Esewa
Crest

समीक्षा वर्षसम्म वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी व्यापार गर्नेमा सन नेपाल लाइफ रहेको छ। यो कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्रीबाट ८४ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन कुल वैदेशिक रोजगार बीमा व्यापारको २६.९६ प्रतिशत हिस्सा हो।

यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले यो १२ महिनामा वैदेशिक रोजगार बीमालेखबाट ६२ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यसको बजार हिस्सा १९.८५ प्रतिशत रहेको छ।

तेस्रोमा रहेको आइएमई लाइफले यस बीमालेखबाट ३५ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कुल वैदेशिक रोजगार बीमालेख व्यापारको ११.३१ प्रतिशत हिस्सा हो।

वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ, नेपाल लाइफ र आइएमई लाइफको मात्रै ५८.१२ प्रतिशत हिस्सा रहेको देखिन्छ।

यसैगरी असार मसान्तसम्म वैदेशिक रोजगार बीमालेखबाट एसियन लाइफले ३० करोड ३१ लाख रुपैयाँ, नेसनल लाइफले २७ करोड १ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २५ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले २० करोड ५६ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। वैदेशिक रोजगार बीमा व्यवसायमा यी ५ कम्पनीको बजार हिस्सा क्रमशः ९.६९ प्रतिशत, ८.६४ प्रतिशत, ८ प्रतिशत, ६.५८ प्रतिशत र ५.६९ प्रतिशत हिस्सा रहेको छ।

वैदेशिक रोजगार बीमालेखबाट सिटिजन लाइफले १० करोड ५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १८ लाख ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। वैदेशिक रोजगार बीमा व्यवसायमा सिटिजन लाइफको ३.२२ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.०६ प्रतिशत बजार हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS