IME Life New

चालीस लाख रूपैयाँमै किन्न सकिने डोङफेङ नामी ह्याचब्याकको विशेषता कस्तो छ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चारपाङ्ग्रे सवारी साधनको प्रदर्शन र बिक्रीका लागि कुम्भ मेला सरह मानिने नाडा अटो शोमार्फत् आयातकर्ताले थुप्रै नयाँ मोडलका विद्युतीय कार र जीप भित्र्याउँदैछन् । तीमध्ये एमएडब्लु वृद्धि कर्पले चिनियाँ कम्पनी डोङफेङबाट उत्पादित नामी ०१ मोडलको ह्याचब्याच कार नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ।

चिनियाँ बजारमा उपलब्ध मूल्यका आधारमा नेपाल आइपुग्दा अधिकत्तम ४० लाख रूपैयाँसम्म बिक्री मूल्य पर्न सक्ने यो जीपमा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसले अधिकत्तम ९९ हर्ष पावर र १६० न्युटन मिटर टर्क प्रदान गर्छ ।

Esewa
Crest

४ मिटर लम्बाई रहेको यो जीपमा ३१.४ र ४२.३ किलोवाट आवरको लिथियम फस्फेट ब्याट्री जडान गरिएको छ । फुल चार्जमा यो कार प्रति घण्टा १४० किलोमिटरको दरले कुद्न सक्छ। यो जीपले एक पटकमा ४३० किलोमिटरको दूरी तय गर्न सक्छ।

पहेँलो, सेतो र निलो रङमा उपलब्ध यो कारमा यसबाहेक सेतो पहेँलो र सेतो निलो रङ सम्मिश्रणको आवरण पनि पाउन सकिने वितरक एमएडब्लु वृद्धि कर्पले जानकारी दिएको छ।

सघन र आकर्षक डिजाइनः

यसको लम्बाई ४०३० एमएम, चौडाई १८१० एमएम, उचाई १५७० एमएमको छ । २६६० एमएम लामो ह्वील बेसका कारण आरामदायी यात्रा सहज बनाउँछ ।

चौकस रहित ढोकाः

यसमा चौकस रहित ढोका र सतहमै हराउने डोर ह्याण्डलले जडान गरिएको छ।

स्वचालित पार्किङः

यसमा रहेको स्वचालित पार्किङ सुविधाले साँघुरो ठाउँमा पनि सहजरूपमा जीप पार्किङ गर्न चालकलाइ सघाउँछ।

आधुनिक चालक सहयोगी प्रणालीः

यसमा आधुनिक चालक सहयोगी प्रणाली जडान गरिएको छ। जसले गर्दा दुर्घटनाबा जोगाउन ब्लाइण्ड स्पटको जानकारी गराउँछ। अघिल्लितर ठोकिने, गल्ली छोड्दा ठोक्किने संकेत, आफ्नै लेनमा गाडी चलाइ रहन सहयोगी संकेत गर्ने, ट्राफिक संकेत पहिचान गर्ने जस्ता विशेषता समावेश गरिएको छ।

आकर्षक आन्तरिक सज्जाः

यसको ड्यासबोर्डमा १२।८ इन्चको सेन्टर इन्फोटेन्मेन्ट मनिटर जडान गरिएको छ। ५ इन्चको पूर्णतः डिजिटल प्यानल, टु स्पोक मल्टी फङ्सनल स्पोर्टी स्टेरिङ ह्वील, स्वचालित आवाज नियन्त्रण लगायतका विशेषता छन् । यसमा आकर्षक आन्तरिक सज्जा सहितको बत्ती, तार रहित मोबाइल फोन चार्जर समेतको सुविधा जडान गरिएको छ।

विभिन्न ब्राण्डमा विद्युतीय कार र जीपहरू उत्पादन गरिरहेको डोङफेङले फर्थिङ, फुकाङ, फेनगन, एइलस र एम हिरो मोडलका कार पनि बजारमा ल्याइ सकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS