IME Life New

नेपाल फुड्सका उत्पादनहरू लगातार चौथो पटक प्रसिद्ध ग्रेट टेष्ट अवार्डबाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली यूवाले बेलायतमा स्थापना गरेको उपभोग्य सामाग्री उत्पादक कम्पनी नेपाल फुड्सले लगातार चाैथो पटक बेलायतको प्रसिद्ध ग्रेट टेष्ट अवार्ड( उत्कृष्ट स्वाद उपाधि) हासिल गरेको छ।

यसवर्ष चार वटा बेग्ला बेग्लै विधामा नेपाल फुड्सका उत्पादनहरूले उपाधि हासिल गर्न सफल भएका छन् । उत्कृष्ट उपभोग्य खाद्य सामाग्रीका रूपमा चुनिएका चारमध्ये तीनवटा उत्पादनहरू पिरो मोमो सस र पिरो खुर्सानीको झोलका लागि दुइ तारा तथा हट अकबरे स्टिक र  चिकेन मःमःका लागि एक तारा सहितको ग्रेट टेष्ट उपाधिक प्रदान गरिएको हो । यीमध्ये मोमो बाहेक बाँकी तीनवटै उत्पादन नेपालको हो । खाद्य गुणस्तर सुरक्षा सम्बन्धि प्रावधानका कारण यूरोपमै मःमः उत्पादन गरिए पनि नेपालीपनको स्वादमा उत्पादन गरि रहेको नेपाल फुड्सले जानकारी दिएको छ।

Esewa
Crest

लगातार ९२ दिन लगाएर ५ सय विज्ञद्वारा ११५ वटा देशबाट उपाधिका लागि सहभागी गराइएका खाद्य र उपभोग्य सामाग्रीहरूको गुणस्तर, स्वाद, नाैलोपनको परिक्षण गरिएको थियो । बेलायतमा गिल्ड अफ फाइन फुडले लगातार ३१ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट मसला, परिकार र खाद्यहरूको छनाैट गरेर रेटिङ गर्दै आएको छ।

उपाधिको घोषणा पछि नेपाल फुड्सका प्रबन्ध निर्देशक विकास नेपालले भने, नेपाललाई नेपाली खाद्यका लागि विश्वमै चिनाउने हाम्रो ध्येय हो। हाम्रो उत्पादनले पाएको उपाधि र पहिचानले नेपाल चिनाउने हाम्रो लक्ष्यमा ठूलो उपलब्धि हासिल भएको छ।

नेपाल फुड्सले नेपालमा उत्पादित खाद्य सामाग्रीहरू नेपाल फुड्स ब्राण्डमा आयात गरेर बेलायत, यूरोपका अन्य मुलुक र अष्ट्रेलियामा समेत बिक्री वितरण गरिरहेको छ। हालैका दिनमा बियर समेत उत्पादन र युरोपेली बजारमा वितरण गर्न थालेको छ। यसबाहेक नेपालमा उत्पादित चिउरा, विभिन्न प्रकारका अचार, जुस, सफ्ट ड्रिन्क, नुडल्स लगायतका उत्पादनहरू समेत नेपाल फुड्स ब्राण्डमा बजारीकरण गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS