IME Life New

थ्रीपीको रणनीति लिएर सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका, प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रमुखहरुको आर्थिक वर्ष २०८०/८१ ब्यवासायिक उपलब्धिको मूल्याङ्कन गर्दै उत्कृष्टता हासिल गर्ने कर्मचारीहरुलाई सम्मान गरेको छ। करिब २२० भन्दा बढी कर्मचारीहरुको उपस्थितिमा पोखरा स्थित होटल पोखरा ग्रण्डेमा सेल्स कन्भेन्सन २०८१/८२ सूर्यज्योति लाइफले भव्यताका साथ सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरुलाई कम्पनीका गण्डकी प्रदेश प्रमुख रामजी बरालले सुन्दर नगरी पोखरामा स्वागत मन्तव्यका साथ स्वागत गरेका थिए। सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भटराईको प्रमुख आतित्थयतामा संचालक सदस्यहरु क्रमशः हेमन्त नाहटा ,आकाश गोल्छा र चुडामणि देवकोटा लगाएतको उपस्तिथी रहेको थियो ।

Esewa
Crest

साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत उच्च पदाधिकारीहरु र विभागिय प्रमुखहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा बीमाशुल्क संकलन,अभिकर्ता नियुक्ति,बिमालेख बिक्रि संख्या र बार्षिक लक्ष्य हासिलका आधारमा उत्कृष्ट हुन सफल भएका देशभरिबाट उत्कृष्ट प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धकहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा सबै विधामा सर्वोत्कृष्ट ३ जनालाई कम्पनीका संचालकहरुद्वारा प्रसंशा-पत्र र अध्यक्ष केशव प्रसाद भट्टराईले ट्रफी हस्तान्तरण गरेका थिए । देशै भरिबाट करिव ४० जना उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका थिए। जसमध्ये सक्रिय अभिकर्ता भर्ना अन्तर्गत ४ जना , बीमालेख बिक्रि संख्या अन्तर्गत ३ जना , बीमाशुल्क संकलन अन्तर्गत १३ जना,ब्यवसाय बिस्तारमा बढी दिन सक्रिय अन्तर्गत ४ जना ,बार्षिक लक्ष्य हासिल गर्ने अन्तर्गत ११ जना लगाएत कम्पनीले इम्प्लोइ अफ द इयर विधा अन्तर्गत सर्वोत्कृष्ट ५ जनालाई सम्मानित गरेको हो ।

ब्रान्च अपरेसन अन्तर्गत सुमन कर्माचार्य (धनगढी शाखा, सेल्स एजुकेटिभ अन्तर्गत प्रकाश पोखरेल (पोखरा नयाँ बजार शाखा), ब्रान्च म्यानेजर अन्तर्गत खेम बहादुर घर्ति , (बुटवल पाल्पारोड शाखा, रिजनल म्यानेजर अन्तर्गत प्रमिला पराजुली (बनेपा रिजनलाई सम्मानित गरेको थियो ।

साथै प्रदेश प्रमुख अन्तर्गत सुदूरपश्चिम प्रदेश उत्कृष्ट व्यवसायिक लक्ष्य हासिल गर्न सफल भएका स्व. जगदीश प्रसाद भट्टको नाममा श्रदान्जली दिदै सम्मानित गरिएको थियो । उनलाई सम्मानित गरिदा सहभागीहरु भावुक भएका थिए ।

कम्पनीले पिपुल्स, प्रोसेस, प्रफर्मेन्स (थ्रीपी एस) यी ३ मूलमन्त्र लिएर ०८१/०८२ को ब्यवसायिक रणनीति तय गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत,प्रकाश बिक्रम खत्रीले गत वर्षको व्यवसायिक समिक्षा र आगामी वर्षको रणनितिका बारेमा प्रष्ट पार्दै बीमितहरुलाई छिटो र उत्कृष्ट सेवा पस्किन लागि आत्याधुनिक डिजिटल प्रबिधिको प्रयोग ,समय सापेक्ष कर्मचारीहरुलाई आवश्यक तालिम तथा २०८१/०८२ को व्यवासायिक रणनीतिमा आफू केन्द्रित रहेको र समय अनुसार आफूलाई परिवर्तन र परिमार्जित गर्दै लैजानसकेमा जुनसुकै क्षेत्रमा पनि अव्वलताका साथ सफलता हासिल गर्न सकिने बताए ।

उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भटराईले सहभागीहरुलाई हौसला दिदै  संचालक समिति कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिलाई प्राथामिकतामा राखेको र कर्मचारीहरुको वृहत्तर हितका लागि प्रतिबद्ध रहेको व्यक्त गरे ।

उक्त कन्भेन्सनमा सहभागी कर्मचारीहरुले कम्पनीको हालको अवस्था र कम्पनीको आगामी बजार विस्तार योजना सम्बन्धी अझ वृस्तित ज्ञान हासिल भएको जसले कर्मचारीहरुलाई थप उर्जाशील र उत्साहित बनाएको र आगामी वर्षको व्यवसायिक लक्ष्य हासिल हुनेमा ढुक्क रहेको उक्त भेलामा सहभागी कर्मचारीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS