IME Life New

टाटाले ल्यायो पहिलो कुप–स्टाइल एसयूभी ‘कर्भ’, पेट्रोल र डिजेल अनि इलेक्ट्रिक भेरिएन्टमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अग्रणी अटोमोबाइल निर्माता टाटा मोटर्सले आज आधिकारिक रुपमा आफ्नो नयाँ टाटा कर्भ ल्याएको छ। कम्पनीले टाटा कर्भको पेट्रोल–डिजेल र इलेक्ट्रिक (ईभी) भेरिएन्टहरु सार्वजनिक गरेको छ। यो देशको पहिलो कुप–शैलीको एसयूभी हो र अहिले बजारमा यस एसयूभीको प्रत्यक्ष प्रतिद्वन्द्वी कुनै पनि छैन।

कम्पनीले भर्खरै यसलाई प्रदर्शन गरेको छ। यसलाई आधिकारिक रुपमा अगस्त ७ मा बिक्रीका लागि लन्च गरिनेछ। टाटा मोटर्सका अनुसार कम्पनीले पहिले टाटा कर्भ ईभी अर्थात् इलेक्ट्रिक भेरिएन्ट लन्च गर्नेछ। त्यसपछि यसको पेट्रोल–डिजेल भेरिएन्टको मूल्य खुल्नेछ। स्पोर्टी सिल्हुटका साथ कुप शैलीमा डिजाइन गरिएको यो एसयूभी धेरै हिसाबले विशेष छ।

Esewa
Crest

टाटा कर्भको कुप बडी स्टाइल मिड साइज एसयूभी बजारमा प्रचलित पारम्परिक बक्सी डिजाइनभन्दा फरक छ। यसको एरोडायनामिक्स धेरै फरक छ। जसले यसलाई नयाँ गति दिन मद्दत गर्नेछ। कर्भको ढल्किएको छतले यसलाई हावाको गतिविपरीत तीव्रताका साथ अगाडि बढ्न मद्दत गर्नेछ। जब कि यसको ठूला पांग्राहरु बढेको ग्राउन्ड क्लियरेन्सले उच्च गतिमा पनि सन्तुलित ड्राइभिङ प्रदान गर्न मद्दत गर्नेछ। कम्पनीले यसलाई इलेक्ट्रिक भेरिएन्टमा भर्चुअल सनराइज र पेट्रोल भेरिएन्टमा गोल्ड एसेन्स गरी दुई नयाँ कलर शेडमा उपलब्ध गराएको छ।

टाटा मोटर्सका अनुसार टाटा कर्भ व्यावहारिक रुपमा लामो ड्राइभमा बाहिर जान मन पराउने परिवारका लागि डिजाइन गरिएको हो। कर्भ यसको एसयूभी कुप डिजाइनको साथ पातलो र आधुनिक इन्टेरियरका साथ आउनेछ। क्याबिनमा फर्स्ट–इन–क्लास प्रविधि र सुविधाहरु समावेश गरिएको छ। प्यानोरामिक सनरुफसँगै यसले ग्राहकको आवश्यकता पूरा गर्न राम्रो बुट स्पेस पनि पाउनेछ।

कम्पनीले १.२ लिटर पेट्रोल (१२५ पीएस पावर र २२५ एनएम टर्क) र १.५ लिटर डिजेल इन्जिन (११५ पीएस पावर र २६० एनएम टर्क) सहितको यो एसयूभी बजारमा ल्याउने विश्वास गरिएको छ। इलेक्ट्रिक भेरिएन्टका कुरा गर्दा कम्पनीले यसमा मौजुदा नेक्सन ईभीभन्दा ठूलो ब्याट्री प्याक प्रदान गर्नेछ। यो कारले एकपटक चार्जमा ५०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने अपेक्षा गरिएको छ। टाटाले पहिले नै घोषणा गरेझैं यसले सेग्मेन्टमा उत्कृष्ट ड्राइभिङ दायरा दिनेछ। टाटा नेक्सनले एक पटक चार्जमा ४५२ किलोमिटरसम्मको रेन्ज दिन्छ।

लन्च हुनुअघि यो एसयूभीको मूल्यबारे केही भन्न गाह्रो छ। तर, कम्पनीले यसको पेट्रोल–डिजेल (आईसीई) भेरिएन्ट करिब भारु १० लाखको प्रारम्भिक मूल्यमा उपलब्ध गराउन सक्ने विश्वास गरिएको छ। जब कि यसको इलेक्ट्रिक भेरिएन्ट लगभग भारु १८ लाखबाट सुरु हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS