IME Life New

बीमाको रकम कुम्ल्याउन जमिन मुनि गाडियो कार, यसरी भयो खुलासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा गाडिएको अवस्थामा एउटा मर्सिडिज कार भेटिएको छ। स्थानीय प्रहरीका अनुसार एउटा घरको पछाडि गाडिएको अवस्थामा उक्त मर्सिडिज कार फेला परेको हो।

प्रहरी अनुसन्धानबाट उक्त कार ३० वर्षपहिले जमिन मुनि गाडिएको थियो। कार त्यसरी गाडिनुमा बीमाको रकम कुम्ल्याउने उद्देश्य देखिएको प्रहरीले जनाएको छ।

Esewa
Crest

कन्भर्टेबल मर्सिडिज गत महिना सिलिकन भ्यालीको एथर्टन सहरमा पहिरो उत्खननकर्ताहरुले फेला पारेका थिए।त्यसपछि प्रहरीले घटनास्थल अनुसन्धान गर्न माटो मुनि राडार प्रयोग गरेका थिए तर त्यहाँ कुनै मानव अवशेष भेटिएन।

अनुसन्धानकर्ताहरुले मर्सिडीजलाई बीमा धोखाधडी उद्देश्यका लागि गाडिएको पत्ता लगाएका छन्। सेप्टेम्बर १९९२ मा पालो अल्टो भन्ने ठाउँबाट कार चोरी भएको भन्दै प्रहरीमा जाहेरी पारेको थियो। मर्सिडिज फेला परेको घर मालिक जोनी बोकट्युन ल्युको स्वामित्वमा रहेको प्रहरीले जनाएको छ। जोनीले नै सन् १९९९ मा बीमाको १२ लाख डलर कुम्ल्याउन कार जमिन मुनि गाड्न भाडाका केही मानिस परिचालन गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

आरोपित जोनीको मृत्यु भइसकेको छ। करिब एक दशकअघि एन्जलस काउन्टीमा हत्याको प्रयास गरेको अभियोगमा जोनीले जेल सजाय पनि भोगेको अनुसन्धानबाट खुलेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS