Connect IPS
IME Life

बैंकहरुको निक्षेप ६५ खर्ब नजिक, सीडी रेसियो र अन्तरबैंक ब्याजदर कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप थुप्रिएर करिब ६५ खर्ब रुपैयाँ नजिक पुगेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन १ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६४ खर्ब ८२ अर्ब रुपैयाँ थियो। यो एक दिनमा बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ।

Prabhu
Crest

वाणिज्य बैंकहरुको निक्षेप पनि साउन १ मा बढेर ५७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैैंकहरुको कुल निक्षेप ५७ खर्ब ५१ अर्ब रुपैयाँ थियो।

साउन १ मा एकैदिन बैंक तथा वित्तीय संस्थाहरुबाट ९ अर्ब कर्जा प्रवाह भएको देखिन्छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५१ खर्ब ६० अर्ब रुपैयाँ रहेकोमा साउन १ मा बढेर ५१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।

साउन १ मा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो थोरै बढेर ७७.६७ प्रतिशत पुगेको छ। अघिल्लो दिन औसत सीडी रेसियो ७७.६१ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने २.९६ प्रतिशत रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS