IME Life New

बैंकहरुको निक्षेप ६५ खर्ब नजिक, सीडी रेसियो र अन्तरबैंक ब्याजदर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप थुप्रिएर करिब ६५ खर्ब रुपैयाँ नजिक पुगेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन १ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६४ खर्ब ८२ अर्ब रुपैयाँ थियो। यो एक दिनमा बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ।

Esewa
Crest

वाणिज्य बैंकहरुको निक्षेप पनि साउन १ मा बढेर ५७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैैंकहरुको कुल निक्षेप ५७ खर्ब ५१ अर्ब रुपैयाँ थियो।

साउन १ मा एकैदिन बैंक तथा वित्तीय संस्थाहरुबाट ९ अर्ब कर्जा प्रवाह भएको देखिन्छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५१ खर्ब ६० अर्ब रुपैयाँ रहेकोमा साउन १ मा बढेर ५१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।

साउन १ मा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो थोरै बढेर ७७.६७ प्रतिशत पुगेको छ। अघिल्लो दिन औसत सीडी रेसियो ७७.६१ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने २.९६ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS