IME Life New

एक वर्षमा जीवन बीमकको व्यवसाय डेढ खर्ब माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ मा डेढ खर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ वटा बीमा कम्पनीले यो १ वर्षको अवधिमा १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

तथ्यांकअनुसार सर्वाधिक व्यापार गर्नेमा नेपाल लाइफ रहेको छ। यो कम्पनीले ४० अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

दोस्रोमा नेसनल लाइफ रहेको छ। नेसनल लाइफले यो १ वर्षमा १९ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

सर्वाधिक व्यापार गर्नेमा लाइफ इन्स्योरेनस कर्पोरेसन (एलआईसी) तेस्रो स्थानमा रहेको छ। एलआईसीले १८ अर्ब ९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

आव २०८०।८१ मा हिमालयन लाइफले १६ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा सूर्यज्योति लाइफले ९ अर्ब ४९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड रुपैयाँ र एसियन लाइफले ८ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यसैगरी गत आर्थिक वर्षमा सिटिजन लाइफले ६ अर्ब २१ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ६ अर्ब १८ करोड रुपैयाँ, मेट लाइफले ५ अर्ब ६७ करोड रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ७४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब २० करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

27%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS