IME Life New

एक वर्षमा जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब २७ करोड प्रथम बीमाशुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले कुल ३४ अर्ब २७ करोड रुपैयाँ एकल बीमा शुल्कसहित प्रथम बीमा शुल्क संकलन गरेका छन्।

बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ वटा बीमा कम्पनीले एक वर्षमा एकल बीमा शुल्कबाहेक प्रथम बीमाशुल्क २७ अर्ब २० करोड ६७ लाख रुपैयाँ र एकल बीमा शुल्क ७ अर्ब ६ करोड ४४ लाख रुपैयाँ गरी कुल ३४ अर्ब २७ करोड ११ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन्।

Esewa
Crest

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ७ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। दोस्रोमा नेसनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ५ अर्ब ५ करोड ६१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ।

तेस्रोमा एलआईसी नेपालले २ अर्ब ६० करोड ४८ लाख रुपैयाँ र चौथोमा हिमालयन लाइफले २ अर्ब ५७ करोड २४ लाख रुपैयाँ र पाँचौँमा सूर्यज्योति लाइफले २ अर्ब ५३ करोड १५ दाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।
एक वर्षमा सिटिजन लाइफले १ अर्ब ९६ करोड १५ लाख रुपैयाँ, एसियन लाइफले १ अर्ब ९२ करोड ६० लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।

त्यसैगरी आइएमई लाइफले १ अर्ब ६० करोड २१ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ३० करोड २९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९ करोड ६० लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ७५ करोड ७९ लाख रुपैयाँ प्रथम संकलन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%
happy

खुसी

0%
sad

दु :खी

23%
amazed

अचम्मित

8%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS