IME Life New

बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको बढ्यो लगानी, पौने ६ खर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीहरुको लगानी १६ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन) कम्पनीहरुको बैंकहरुमा लगानी १६.३ प्रतिशतले बढेको हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्म मुद्दति निक्षेपका रुपमा बैंकहरुमा बीमा कम्पनीहरुको लगानी बढेर ५ खर्ब ८१ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। गत वर्ष असार मसान्तसम्म बैंकहरुमा बीमा कम्पनीहरुको ५ खर्ब १५ करोड रुपैयाँ लगानी रहेको थियो। यो ११ महिनाको अवधिमा बीमा कम्पनीहरुको बैंकहरुमा लगानी ८१ अर्ब ३४ करोड रुपैयाँले बढेको छ।

Esewa
Crest

यसैगरी यो ११ महिनाको अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी ३२.३ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष असारसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो। सञ्चय कोषको लगानी ११ महिनामा ४३ अर्ब २१ करोड रुपैयाँले बढेको छ।

चालु आर्थिक वर्षको जेठसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी १४.९ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब ३० लाख रुपैयाँ पुगेको छ। गत वर्ष असारसम्म बैंकहरुमा नागरिक लगानी कोषको ९९ अर्ब ४८ करोड रुपैयाँ थियो।

जेठसम्म व्यक्तिगत निक्षेपको आकार पनि १० प्रतिशतले बढेको छ। गत वर्ष असार मसान्तसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३५ खर्ब ५९ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा जेठ मसान्तसम्म बढेर ३९ खर्ब १४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा १ प्रतिशतमात्र कम गरेर संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत कम गर्नुपर्ने प्रावधान थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS