IME Life New

मन्दीका कारण सर्वोत्तम स्टिल्सको व्यापार खस्कियो, ब्याज खर्च धान्न नसक्दा निरन्तर घाटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सौरभ ग्रुपद्वारा प्रवर्द्धित सर्वोत्तम स्टिल्स लिमिटेडले क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालबाट ‘डब्बल बि माइनस’ इस्युअर रेटिङ पाएको छ।

इन्फोमेरिक्सका अनुसार यस्तो रेटिङ प्राप्त कम्पनीले वित्तीय दायीत्व पुरा गर्न नसक्ने जोखिम मध्यम स्तरको रहेको हुन्छ। सर्वसाधारणमा शेयर निष्काशन गरेर थप पूँजी जुटाउने कम्पनीको वित्तीय सबलिकरणको मूल्याङ्कनका आधारमा इस्युअर रेटिङ अर्थात् शेयर जारीकर्ता कम्पनीको रेटिङ दिइएको हुन्छ।

Esewa
Crest

सर्वोत्तम स्टिल्सले चालू आर्थिक वर्ष २०८०।८१ को पहिलो ६ महिनामा २ अर्ब ६३ करोड ३० लाख रूपैयाँ बराबरको कारोबार गरेको छ। पूर्वाधार निर्माण कार्यमा सरकार र निजी क्षेत्र दुबैको लगानी घटेसँगै निर्माण सामाग्रीको मागमा आएको गिरावटले उद्योगको व्यापार पनि खस्किएको हो ।

गत आर्थिक वर्षभरको सञ्चालन आयको तुलनामा चालू आवको शुरूवाती ६ महिनाको कारोबार आम्दानी झण्डै ६८ प्रतिशतले न्यून हो । डण्डी र बिलेट उत्पादन गर्दै आएको यो कम्पनीले गत आव २०७९।८० मा कुल ७ अर्ब ७५ करोड ३० लाख रूपैयाँ बराबरको कारोबार गरेको थियो ।

मन्दीको प्रभावका कारण गत आवमा पनि अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ओरालो लागेको थियो । अघिल्लो आव २०७८।७९ मा सर्वोत्तम स्टिल्सले ८ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबरको फलामे उत्पादनको बिक्री कारोबार गरेको थियो। सञ्चालन मुनाफाको तुलनामा उच्च ब्याज खर्चका कारण यो कम्पनी अझैसम्म पनि घाटामा सञ्चालन भइरहेको छ ।्र

कर तथा ह्रासकट्टीअघिको मुनाफा पनि यो वर्ष खुम्चिने प्रक्षेपण गरिएको छ। गत वर्ष करिब ५ प्रतिशत पुगेको यस्तो मुनाफा यो वर्ष २ प्रतिशतमुनी सीमित हुने प्रक्षेपण गरिएको छ। यसले कम्पनीको सञ्चालन दक्षतामा ह्रास आउन सक्ने चेतावनीका रुपमा लिइन्छ।

कम्पनीको सञ्चालन मुनाफाबाट ऋणको ब्याज खर्च व्यहोर्न सक्ने क्षमता पनि खस्किंदै गएको छ । गत अावमा १.०५ प्रतिशत रहेको यस्तो अनुपात चालू अावको अर्द्ध वार्षिक अवधिमा ०.२० प्रतिशतमा झरेको छ । कम्पनीको सञ्चालन मुनाफाले ब्याज खर्चको जम्मा २० प्रतिशत मात्र व्यहोर्न सक्ने अवस्था छ ।

अर्द्ध वार्षिक समिक्षा अवधिमा कुल ऋण दायीत्व र सञ्चालन मुनाफाको अनुपात ५१.३३ गुणा रह्यो । यस्तो अनुपात अधिक हुनुले ऋण दायीत्वको तुलनामा सञ्चालन मुनाफा निक्कै थोरै रहेको संकेत गर्छ।

सन् २०१७ मा स्थापना भएको यो कम्पनी २०२१ मा पब्लिक लिमिटेड कम्पनी बनेको हो। रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार सर्वोत्तम स्टिल्स लिमिटेडले वीरगञ्जको परवानीपुरमा सञ्चालन गरिरहेको फलाम उद्योगको उत्पादन क्षमता वार्षिक ५ लाख ३० हजार ८०० मेट्रिक टन छ ।

उद्योगको अध्यक्ष तथा प्रबन्ध निर्देशकमा विष्णु न्यौपाने छन्। उनको सर्वोत्तम स्टिलमा २५ प्रतिशत हिस्सा छ। बाँकी ७५ प्रतिशत व्यक्तिगत लगानीकर्ताको छ। न्यौपाने र अग्रवाल परिवारले स्टिल उद्योग सञ्चालनमा ल्याएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS