IME Life New

टेस्ला चिनियाँ सरकारको आधिकारिक कार, सरकारी निकायले प्रयोग गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिनियाँ सरकारले पहिलोपटक टेस्लालाई आधिकारिक कारको मान्यता दिएको छ। अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको कारलाई चिनियाँ सरकारीले प्रयोगका लागि खरिदको सूचीमा राखेको हो।

सरकारी मिडिया आउटलेट पेपर डट सीएनका अनुसार टेस्ला एउटामात्रै विदेशी स्वामित्वको इलेक्ट्रिक कार हो, जसलाई चिनियाँ सरकारले प्रयोगका लागि खरिदको सूचीमा राखेको छ। यो निर्णय पूर्वी चीनमा अवस्थित झाआङसु प्रान्तीय सरकारले गरेको हो। टेस्लासँगै चिनियाँ कम्पनी भोल्भो, जिल र एसएआईसीका कारलाई झाआङसु प्रान्तीय सरकारले खरिदको सूचीमा राखेको छ।

Esewa
Crest

अब टेस्लाको कार त्यस प्रान्तका सरकारी निकाय र सर्वसाधारणले प्रयोग गर्न पाउनेछन्। एलन मस्कको कम्पनीको कारले चिनियाँ सरकारी कारको मान्यता पाएपछि अहिले यो कुरा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सरकारी निकायले विदेशी कार प्रयोगमा सोच्नुपर्ने आवाज उठिरहेको छ।

यसैबीच जिआङसु सरकारले टेस्ला कारको प्रयोगबारे उठिरहेको प्रश्नको जबाफ दिएको छ। उसले टेस्ला मोडेलको कार घरेलु रहेको र निर्यात गर्न नलागिएको दाबी गरेको छ।

सांघाईमा टेस्ला कारको उत्पादन हुन्छ। त्यहाँ २०२३ मा मात्रै ९ लाख ४७ हजार युनिट टेस्ला कार उत्पादन भएको थियो। तीमध्ये अधिकांश चिनियाँ बजारमा प्रयोग भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS