IME Life New

व्यापार विस्तारमा आक्रामक बन्दै बीवाईडी, थाइल्यान्डमा खोल्यो नयाँ प्लान्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले थाइल्यान्डमा आफ्नो पहिलो ईभी प्लान्ट स्थापना गरेको छ।

बीवाईडीले दक्षिणपूर्वी एसियामा आफ्नो व्यापार बढाउने रणनीतिअनुरुप थाइल्यान्डमा ईभी प्लान्ट स्थापना गरेको हो। युरोपियन युनियनले चिनियाँ कारमा ट्यारिफ बढाएकै दिन बीवाईडीले थाइल्यान्डमा आफ्नो नयाँ इभी प्लान्ट सञ्चालनमा ल्याएको हो।

Esewa
Crest

उता अमेरिकाले पनि चिनियाँ कारमा २५ प्रतिशत रहेको ट्यारिफ बढाएर १०० प्रतिशत पुर्याउने तयारी गरिरहेको छ। तर, अमेरिकामा अझै पनि निकै कम चिनियाँ कार निर्यात हुने गरेको छ।

चिनियाँ कम्पनी बीवाईडीले दक्षिण बैंककको रेयोङमा नयाँ प्लान्ट खोल्ने योजना बनाएको छ। यो प्लान्ट १६ महिनामा तयार गर्ने वार्षिक १.५ लाख युनिटट कार उत्पादन गर्ने लक्ष्य बीवाईडीले राखेको छ।

थाइल्यान्डको लक्ष्य साल २०३० सम्म देशमा मौजुदा सबै गाडीको ३० प्रतिशत हिस्सा विद्युतीय गर्ने रहेको छ।

थाइल्यान्डमा बिक्री हुने इलेक्ट्रिक कारमध्ये ३ मा १ बीवाईडीले बनाउने गरेको छ। धेरैजसो कार ग्यास र पेट्रोलबाट चल्ने रहेका छन्।

थाइल्यान्डको प्लान्टमा कम्पनीले डल्फिन, अटो ३, सिल र सिलायन ६ ईभी मोडललाई बढी फोकस गर्नेछ। यो प्लान्टमा १० हजारले रोजगारी पाउने कम्पनीले जनाएको छ।

बीवाईडीले गत वर्ष ३० लाख युनिट कार बिक्री गरेकोथियो। यो वर्षको ६ महिनामा बीवाईडीले १६ लाख युनिट कार बेचिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS