IME Life New

ऐन विपरित बीमक र निक्षेप संकलन गर्ने कम्पनीको सञ्चालक बनेकाहरूलाई पदमुक्त गरिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा ऐन २०७९ को प्रावधान उलंघन गर्दै अन्य संगठित संस्थाको सञ्चालक समितिमा नियुक्ति लिएका बीमकलाई प्राधिकरणले पदमुक्त गर्ने भएको छ। ऐनको प्रावधान उलंघन गर्दै विरोधाभाषपूर्णरूपमा संस्थागत सुशासन निर्देशिका २०८० जारी गरेको प्राधिकरणले अब ऐनको फेरो समाउँदै पदमुक्त गर्न लागेको हो ।

प्राधिकरणले राजीनामा दिलाउनका लागि प्राधिकरणले असार १५ गते बीमकसँग आधारभूत शेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी अन्य कुनै बीमक वा निक्षेप संकलन गर्ने संस्थाको सञ्चालक रहे नरहेको विवरण मागेको थियो ।

Esewa
Crest

बीमा ऐन २०७९ को दफा ५० को ‘ङ’ मा ‘बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने सङ्गठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत शेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी’ अन्य कुनै बीमकको सञ्चालक हुन अयोग्य ठहरिने प्रावधान छ।

यो प्रावधानको विपरित प्राधिकरणले बीमकको संस्थागत सुशासन निर्देशिका २०८० को दफा १२ उपदफा (७) मा कुनै एक किसिमको बीमकले अर्को किसिमको बीमकको शेयर स्वामित्व धारण गरेको रहेछ भने बीमकको सञ्चालकमा आफ्नो कर्मचारीलाई सञ्चालकको रुपमा नियुक्त गर्न सक्नेछ भन्ने प्रावधान ल्याएको थियो।

निर्देशिकाको प्रावधानका अगाडी ऐन नै सर्वोच्च हुने भएकाले ऐनसँग बाझिने प्रावधान स्वतः खारेज हुन्छ। तर प्राधिकरणले जानाजान संस्थागत सुशासनमा यस्तो गलत प्रावधान समावेश गरेको थियो ।

बीमा ऐन २०७९ कार्यान्वयन गर्ने सरकारी  निकायका रूपमा रहेको प्राधिकरणले अब ऐनकै प्रावधानका आधारमा सञ्चालक समितिबाट बीमकको कर्मचारीलाई राजीनामा गर्न बाध्य बनाउन लागेको हो । ऐन विपरित जीवन,निर्जीवन बीमा कम्पनीको तर्फबाट नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गरि रहेका एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ छोटो समयमै पदबाट हट्नुपर्ने भएको छ।

पुनर्बीमा कम्पनीको शेयरमा पनि लगानीको बाटो लगानी निर्देशिकाले खुल्ला गरेको छ, प्राधिकरणका एक अधिकृतले भने,तर दाबी भुक्तानी लिनुपर्ने कम्पनीको सञ्चालक समितिमा रहेर आफू सिइओ रहेको कम्पनीको लागि दाबी भुक्तानीको निर्णय गर्दा सिधै स्वार्थको द्वन्द्व हाबी हुन्छ,त्यसैले बीमकको कर्मचारी वा शेयरधनी पुनर्बीमा कम्पनीमा सञ्चालक पदमा रहनु हुन्न।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS