IME Life New

‘यात्री’ मोटरसाइकलको विकास र प्रवर्द्धनमा यात्री र सिप्रदीले सहकार्य गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘मेड इन नेपाल’ यात्री विद्युतीय मोटरसाइकलको विकास र प्रवर्द्धनमा यात्री र सिप्रदीले सहकार्य गर्ने भएका छन्।

एक कार्यक्रमबीच भएको ज्वाइन्ट भेन्चर सम्झौताले अटोमोटिभ इन्जिनियरिङमा स्थानीय नवीनतम सहकार्यको साझा दृष्टिकोणलाई प्रतिनिधित्व गरेको छ। यस साझेदारीले किफायती र रोमाञ्चक यात्री उत्पादनका साथ विद्युतीय दुईपांग्र्रे सवारी उत्पादन क्षेत्रमा महत्वपूर्ण कोसेढुंगा साबित हुने कार्यक्रममा बताइएको छ।

Esewa
Crest

कार्यक्रममा यात्री डिजाइन स्टुडियोका संस्थापक एवं सीईओ असिम पाण्डेले यस साझेदारीको दुई महत्वपूर्ण स्तम्भ भनेको अग्रगामी सोच र प्रगतिशील डिजाइन रहेको बताए। ‘यो साझेदारीले हामीलाई यस क्षेत्रमा उत्कृष्ट नेटवर्क निर्माण गर्नेछ’, उनले भने, ‘यसका साथ किफायती तर अत्याधुनिक विद्युतीय सवारीसाधन निर्माण गर्न हामीलाई सबल बनाउनेछ।’

सिप्रदी कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले यात्रीसँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताए। ‘यो सहकार्य यात्रीसँगको लामो समयदेखिको साझेदारी र फराकिलो गतिशीलताका चुनौतीको सामना गर्ने हाम्रो उद्देश्यको प्रमाण हो’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS