Connect IPS
IME Life

नवीकरणको भरमा जीवन बीमक, ११ महिनामा उठाए १ खर्ब ६ अर्ब, कुनको बजार हिस्सा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले पोलिसी नवीकरणमार्फत १ खर्ब ६ अर्ब ५ करोड ७९ लाख रुपैयाँ नविकरण बीमाशुल्क संकलन गरेका छन् । यही अवधिमासम्ममा कम्पनीहरुले जम्मा २७ अर्ब ५६ करोड मात्रै प्रथम बीमाशुल्क संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्कभन्दा नवीकरण बीमा शुल्कमा धेरैको अन्तर देखिने गरेको छ । यस अवधिसम्ममा पनि प्रथम बीमाशुल्क र नवीकरण बीमाशुल्कको अन्तर ७८ अर्ब ४९ करोड रुपैयाँ देखिएको छ । यसरी हेर्दा कम्पनीहरु नयाँ व्यवसाय गर्न कमजोर देखिन्छन् ।

जेठ महिनासम्ममा सबैभन्दा धेरै नवीकरण बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ नै रहेको छ । कम्पनीले यस अवधिमा २९ अर्ब ३० करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । जुन कुल जीवन बीमा क्षेत्रको २७ दशलमव ६४ प्रतिशत हिस्सा आगटेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १३ अर्ब ८२ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको १३ दशलमव ०४ प्रतिशत हिस्सा आगटेको छ । तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले १२ अर्ब ५९ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ११ दशमलव ८८ प्रतिशत हिस्सा आगटेको छ ।

Prabhu
Crest

नेशनल लाइफले यस अवधिमा ११ अर्ब ८१ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको १३ दशलमव १४ प्रतिशत हिस्सा आगटेको छ । सूर्यज्योति लाइफले ५ अर्ब ९९करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५ दशलमव ६५ प्रतिशत हिस्सा आगटेको छ । एशियन लाइफले ५ अर्ब ५० करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५ दशलमव १९ प्रतिशत हिस्सा आगटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ४५ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५ दशलमव १४ प्रतिशत हिस्सा आगटेको छ ।

त्यस्तै, मेट लाइफले ३ अर्ब ९२ करोड रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ७० प्रतिशत हिस्सा आगटेको छ । सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड रुपैयाँ नविकरण बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ५९ प्रतिशत हिस्सा आगटेको छ । सिटिजन लाइफले ३ अर्ब ६८ करोड रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ४८ प्रतिशत हिस्सा आगटेको छ । प्रभु महालक्ष्मी लाइफले २ अर्ब ८९ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ७३ प्रतिशत हिस्सा आगटेको छ ।

त्यसैगरी आइएमई लाइफले २ अर्ब ७२ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ५७ प्रतिशत हिस्सा आगटेको छ । रिलायबल नेपाल लाइफले २ अर्ब ४४ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ३० प्रतिशत हिस्सा आगटेको छ । सन नेपाल लाइफले २ अर्ब ६ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको १ दशलमव ९५ प्रतिशत हिस्सा आगटेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS