Connect IPS
IME Life

जीवन बीमकको नयाँ व्यापार साढे २७ अर्ब माथि, कसको बजार हिस्सा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले साढे २७ अर्ब बढी प्रथम बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङकअनुसार जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २७ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । यस अवधिसम्ममा कम्पनीहरुले कुल १ खर्ब ३३ अर्ब रपैयाँ संकलन गरेका छन् भने १ खर्ब ६ अर्ब बढी नवीकरण बीमा शुल्क संकलन गरेका छन् । यसरी हेर्दा जीवन बीमा क्षेत्र नवीकरणको आडमा रहेको देखिन्छ ।

यस तथ्याङकअनुसार अन्य कम्पनीको तुलनामा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक प्रथम बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ६ अर्ब २५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जसले कुल जीवन बीमा बजारको २२ दशमलव ६९ प्रतिशत हिस्सा ओगटेको हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जसले कुल जीवन बीमा बजारको १५ दशलमव १० प्रतिशत हिस्सा ओगटेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जसले कुल जीवन बीमा बजारको ७ दशमलव ५१ प्रतिशत हिस्सा हो ।

Prabhu
Crest
त्यस्तै, हिमालयन लाइफले २ अर्ब ४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा बजारको ७ दशलमव ४१ प्रतिशत हिस्सा ओगटेको छ । सूर्यज्योति लाइफले २ अर्ब १ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जसले कुल जीवन बीमा बजारको ७ दशलमव ३० प्रतिशत हिस्सा ओगटेको छ । सिटिजन लाइफले १ अर्ब ६० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जसले कुल जीवन बीमा बजारको ५ दशलमव ८१ प्रतिशत हिस्सा ओगटेको हो । एशियन लाइफले १ अर्ब ५२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जसले कुल जीवन बमिा बजारको ५ दशलमव ५३ प्रतिशत हिस्सा ओगटेको छ । सानिमा रिलायन्स लाइफले १ अर्ब ५२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जसले कुल जीवन बीमा बजारको ५ दशमलव ५२ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी सन नेपाल लाइफले १ अर्ब ३२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जसले कुल जीवन बीमा बजारको ४ दशलमव ८० प्रतिशत हिस्सा ओगटेको हो । आइएमई लाइफले १ अर्ब ३१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जसले कुल जीवन बीमा बजारको ४ दशमलव ७८ प्रतिशत हिस्सा ओगटेको छ । रिलायबल नेपाल लाइफले यस अवधिसम्ममा १ अर्ब २५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जसले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव ५४ प्रतिशत बजार हिस्सा ओगटेको हो ।

मेट लाइफले १ अर्ब १५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जसले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव १९ प्रतिशत बजार हिस्सा ओगटेको छ । प्रभु महालक्ष्मी लाइफले ८२ करोड ५६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जसले कुल ीवन बीमा बजारको २ दशमलव ९९ प्रतिशत हिस्सा ओगटेको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले ५० करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जसले जीवन बीमा क्षेत्रको १ दशलमव ८२ प्रतिशत हिस्सा ओगटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS