IME Life New

शाखा र जनशक्ति विस्तारमा हिमालयन लाइफ आक्रामक, धेरै व्यापार गर्ने नेपाल लाइफ पर्यो पछि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाखा विस्तारका हिसाबले जीवन बीमकमा हिमालयन लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ। नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार हिमालयन लाइफको ७ प्रदेशमा २१८ वटा शाखा विसतार गरेको छ। सबैभन्दा बढी बागमतीमा ५९ वटा शाखा रहेको यो कम्पनीको कर्णालीमा सबैभन्दा कम १७ वटा मात्रै शाखा छन्।

जीवन बीमकमध्ये हिमालयन लाइफमै सबैभन्दा बढी कर्मचारी कार्यरत रहेको देखिन्छ। यो कम्पनीमा देशभर ७६४ जना कार्यरत छन्। यस हिसाबले औसत प्रतिशाखा ३.५ जनशक्ति कार्यरत रहेको देखिन्छ।

Esewa
Crest

चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांक हेर्ने हो भने हिमालयन लाइफ व्यापारको हिसाबले भने चौथो स्थानमा रहेको छ। यो कम्पनीले जेठसम्म १४ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। शाखा र कर्मचारी संख्या अग्रस्थान स्थानमा रहेको हिमालयन लाइफको यो व्यापार सन्तोषजनक नै मान्नुपर्छ।

यसैगरी शाखा विस्तारको हिसाबले दोस्रोमा नेपाल लाइफ रहेको छ। यो कम्पनीको ७ प्रदेशमा १९५ वटा शाखा रहेका छन्। सबैभन्दा बढी बागमतीमा ५६ र कम कर्णालीमा ३ शाखा छन्।

कार्यरत कर्मचारीको हिसाबले पनि नेपाल लाइफ दोस्रोमै रहेको छ। यो कम्पनीमा देशभर ६६२ जना कर्मचारी कार्यरत छन्। प्रतिशाखा कम्तीमा ३.३९ जनशक्ति कार्यरत रहेको देखिन्छ।

व्यापारको हिसाबले नेपाल लाइफ भने अग्रस्थानमै रहेको छ। यो कम्पनीले चालु आर्थिक वर्षको ११ महिनासम्म ३५ अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ। ७ प्रदेशमा यो कम्पनीको १७८ शाखा छन्।

कार्यरत जनशक्तिको हिसाबले पनि सूर्यज्योति लाइफ तेस्रो स्थानमा रहेको छ। यो कम्पनीमा देशभर ५६७ जना कर्मचारी कार्यरत छन्। प्रतिशाखा औसत ३.१८  जनशक्ति रहेको देखिन्छ।

चालु आर्थिक वर्षको ११ महिनासम्म सूर्यज्योति लाइफले ८ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। व्यापारको हिसाबले सूर्यज्योति लाइफ पाँचौँ स्थानमा रहेको छ।

यसैगरी देशभर सानिमा रिलायन्सको १७०, आइएमई लाइफको १४४, सन नेपाल लाइफ १४१, सिटिजन लाइफको १३६, एसियन लाइफको १३२, नेसनल लाइफ र प्रभु महालक्ष्मी लाइफको समान ११५, रिलायबल नेपाल लाइफको ९६, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७७ र मेट लाइफको ३५ वटा शाखा छन्।

कर्मचारी संख्या भने सानिमा रिलायन्समा ४६४, आइएमई लाइफमा २६७, सन नेपाल लाइफ ३८६, सिटिजन लाइफमा ३८७, एसियन लाइफमा ४२९, नेसनल लाइफमा ५५०, प्रभु महालक्ष्मी लाइफमा ३९७, रिलायबल नेपाल लाइफमा ३२६, लाइफ इन्स्योरेन्स कर्पोरेसनको २४४ र मेट लाइफको १६७ रहेको छ।

शाखा र कर्मचारी संख्याको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अन्तिममा रहेको देखिन्छ। यो कम्पनीको देशभर २४ वटा शाखा र कार्यरत कर्मचारी संख्या ९१ जना रहेको छ। औसत प्रतिशाखा ३.७९ जनशक्ति रहेको देखिन्छ।

हाल सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीका देशभर १ हजार ७७६ वटा शाखा रहेका छन् भने कार्यरत कर्मचारीको संख्या ५ हजार ६६१ रहेको देखिन्छ। प्रतिशाखा औसत ३.१९ जनशक्ति कार्यरत रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS