GBIME
IME Life

एक महिनामा जीवन बीमकले गरे ३.३३ अर्बको नयाँ ब्यापार, तीन कम्पनीको कब्जामा आधा बजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिना मात्रै जीवन बीमा कम्पनीहरुले ३ अर्ब ३३ करोड माथि प्रथम बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले ४ लाख ३० हजार वटा बीमा पोलिसी वक्री गरी ३ अर्ब ३३ करोड ३४ लाख रपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिरकणको तथ्याङक अनुसार जेठ महिनासम्ममा भने कम्पनीहरुले १ करोड ४० लाख १२ हजार ३०२ वटा बीमा पोलिसी विक्री गरी कुल १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुलक संकलन गरेका हुन् ।

SKYWELL
Crest

प्राधिरकणको तथ्याङक हेर्दा एक महिनामा जीवन बीमा कम्पनीहरुले गरेको प्रथम बीमाशुल्कको आधारमा आधा जसो व्यवसाय ३ वटा कम्पनले ओगटेको देखिन्छ । प्रथम बीमा शुल्कको २४ प्रतिशत हिस्सा नेपाल लाइफले ओगटेको छ । नेशनल लाइफले प्रथम बीमा शुल्कको १३ प्रतिशत र एलआइसी नेपालले प्रथम बीमाशुल्कको १० प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ८३ करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ४४ करोड १ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले ३५ करोड ७१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।
सूर्यज्योति लाइफले २३ करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । हिमालयन लाइफले २३ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १८ करोड २९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले १८ करोड २६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १७ करोड ९१लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, सिटिजन लाइफले १६ करोड ९५लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । आइएमई लाइफले १४ करोड ७१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १३ करोड ९२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले ११ करोड १६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले २ करोड ९३लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS