IME Life New

वैदेशिक रोजगार बीमामार्फत जीवन बीमकले भित्र्याए पौने ३ अर्ब बढीको व्यापार, कसको हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिना जेठसम्म वैदेशिक रोजगार बीमालेखबाट पौने ३ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनीले यो ११ महिनामा वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिसम्म बीमा कम्पनीहरुको कुल सक्रिय बीमालेख संख्या २० लाख ६७ हजार ६०३ रहेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी व्यापार गर्नेमा सन नेपाल लाइफ रहेको छ। यो कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेखबाट ७४ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले यो ११ महिनामा वैदेशिक रोजगार बीमालेखबाट ५८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा रहेको आइएमई लाइफले यस बीमालेखबाट ३४ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी जेठसम्म वैदेशिक रोजगार बीमालेखबाट एसियन लाइफले २७ करोड ७० लाख रुपैयाँ, नेसनल लाइफले २५ करोड ४२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १९ करोड २२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १८ करोड ८१ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १६ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

वैदेशिक रोजगार बीमालेखबाट सिटिजन लाइफले ९ करोड १२ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ३ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS