IME Life New

सिटिजन लाइफको लोयल्टी बोनस सहितको आकर्षक सावधिक बीमा योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लोयल्टी बोनसको समेत सुविधा भएको ‘सिटिजन बचत वृद्धि योजना’ सावधिक जीवन बीमालेख भोलि आइतबारदेखि प्रचलनमा ल्याउने भएको छ । इन्स्योरेन्सले नियमित बोनस रकमका अतिरिक्त लामो समयसम्म बीमालेखलाई निरन्तरता दिएर कम्पनीसँग दीगो सम्बन्ध राख्ने बीमितका लागि लोयल्टी बोनस सहितको अकाउण्ट भ्यालुको सुविधा समेत ल्याएको हो ।

इन्स्योरेन्सका अनुसार नयाँ योजनामा बीमालेखको अवधिसम्म बीमित जीवितै रहेमा अकाउण्ट भ्यालुमा रहेको रकम भुक्तानी पाउनेछ । बीमा अवधि पुरा हुनु अगावै बीमितको निधन भएमा बीमाङ्क रकम वा अकाउण्ट भ्यालुमध्ये जुन बढी हुन्छ,त्यही रकम प्रदान गर्नेछ ।

Esewa
Crest

बीमा अवधिभर पुरै नियमित बीमाशुल्क भुक्तानी गरेको र बीमा समाप्ती मितिमा पछिल्लो ६० महिनाको औसत अकाउण्ट भ्यालुको ३ प्रतिशत रकम लोयल्टी रिवार्ड समेत प्रदान गर्नेछ ।

दुर्घटना मृत्यु सुविधा अन्तर्गत दुर्घटना मृत्यु बीमाङ्क र बीमाङ्क रकम वा अकाउण्ट भ्यालु जुन बढी हुन्छ सो भुक्तानी दिनेछ। स्थायी पूर्ण अशक्तता लाभ अन्तर्गत बीमाङ्क रकम र अकाउण्ट भ्यालु भुक्तानी दुबै भुक्तानी दिनेछ।

बीमितले भुक्तानी गरेको बीमाशुल्कमा लगानीवापत प्राप्त आय र लोयल्टी बोनस समेत जोडेर रक्षावरण शुल्क, प्रशासनिक खर्च र बीमाशुल्कसँग सम्बन्धित खर्च कटौती गरी बाँकी रहन आउने रकमलाई अकाउण्ट भ्यालु भन्ने बुझाउँछ।

स्थायी आंशिक अशक्तता सुविधा अन्तर्गत अशक्तताको अवस्था अनुसार बीमाङ्कको ३ देखि ५० प्रतिशतसम्म भुक्तानी दिनेछ। स्थायी आंशिक अशक्तता भएपछि दुर्घटना लाभ र स्थायी पूर्ण अशक्तता लाभको रक्षावरण समाप्त हुनेछ । तर बीमितले चाहेमा यसवापत बीमाशुल्क भुक्तानी गरेर सुविधालाई निरन्तरता दिन सक्नेछन्।

यो बीमालेखको धितोमा नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार बीमितले कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । यसबाहेक तीन वर्षको बीमाशुल्क भुक्तानी गरेको र बीमा गरेको पुरा भएपछि समर्पण मूल्य समेत प्राप्त गर्न सक्नेछन् ।

रिभाइभल(पुनर्जागरण) मा ब्याज नलाग्नेः

यो योजना अन्तर्गत नियमितरूपमा बीमाशुल्क भुक्तानी गर्न असमर्थ बीमितले बीमालेख पुनर्जागरण गराउँदा इन्स्योरेन्सलाई बिलम्ब शुल्क वा ब्याज रकम भुक्तानी गर्नुपर्दैन । नविकरण बीमाशुल्क भुक्तानी नगरेका बीमितले बीमालेख पुनर्जागरण गराउँदा तिर्न बाँकी बीमाशुल्कवापतको रकम मात्र भुक्तानी गर्नुपर्नेछ । बीमालेख पुनःजागरणमा बिलम्ब शुल्क तिर्नु नपर्ने सुविधा सहितको सावधिक बीमा योजना नेपालमा पहिलो पटक प्रचलनमा ल्याइएको हो।

यो सुविधाले बीमितलाई ब्याजको भारकै कारण बीमालेख नविकरण नगराएर मन मार्नुपर्ने अवस्थाबाट मुक्त बनाउनेछ । तर बीमाशुल्क भुक्तानी नगरेको अवधिसम्मको लगानी प्रतिफलबाट चाहिँ बीमित बञ्चित हुनुपर्नेछ। जुन मितिमा बीमितले बीमालेख पुनर्जागरण गराउनेछ, त्यही मितिबाट पुनः लगानी प्रतिफल गणना शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS