IME Life New

हामीलाई जीवन बीमा किन आवश्यक ? यस्ता छन् कारण र उद्देश्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानिसका लागि जीवन बीमा निकै आवश्यक भइसकेको छ। यसले तपाइँ र तपाइँको परिवारलाई वित्तीय सुरक्षा प्रदान गर्छ। आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्न पनि अभिभावकले जीवन बीमा गर्न आवश्यक छ। तपाइँ हुँदा र हुँदा पनि जीवन बीमाले तपाइँको परिवारलाई वित्तीय अभाव हुन दिने छैन।

हरेक मानिसका आआफ्ना चाहना हुन्छन्। ती चाहना पूरा गर्न हामीले बचतको बानी विकास गर्नुपर्छ। जीवन बीमा पनि बचतकै एउटा पाटो हो। यसले तपाइँको जीवन सुरक्षादेखि वित्तीय लक्ष्य प्राप्तिमा मद्दत गर्छ। यसले मानिसमा बचतको बानी पनि विकास हुन्छन्। स–सानो प्रिमियमले भोलिका दिन एउटा ठूलो धनराशि जम्मा हुन्छ। जसले गर्दा तपाइँले आफ्नो भविष्यको योजना र लक्ष्य सजिलै पूरा गर्न सक्नुहुन्छ।

Esewa
Crest

जीवन बीमाले तपाइँलाई शान्तिको अनुभूति पनि प्रदान गर्छ। किनकि मानिसको जीवन अनिश्चित छ। यदि तपाइँले जीवन बीमा गर्नुभएको छ र पछि केही कारणले तपाइँलाई केही भइहालेमा यसले तपाइँको परिवारलाई वित्तीय सहयोग प्रदान गर्छ। जीवन बीमामा पेन्सन योजना पनि छन्। तपाइँको अवकाशपछि पनि तपाइँले मासिक रुपमा पेन्सनस्वरुप निश्चित रकम पाउनुहुनेछ।

जीवन बीमा अर्को महत्वपूर्ण पाटो भनेको यसले तपाइँले आफ्नो आम्दानीबाट तिर्दै आउनुभएको कर घटाउन मद्दत गर्छ।

अर्कोतर्फ हरेक अभिभावकको चाहन्छ कि उनीहरुका छोराछोरीको भविष्य सुनौलो होस् । त्यसैले यदि तपाइँले जीवन बीमा गर्नुभएको छ भने भविष्यमा तपाइँलाई केही भइहालेमा यसले तपाइँका छोराछोरीलाई वित्तीय सुरक्षा प्रदान गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS