IME Life New

भारतमा जीवन बीमाधारकलाई ठूलो राहत, अब १ वर्षमै पोलिसी रद्द गर्दा पाउनेछन् सरेन्डर भ्याल्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको बीमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई)ले पहिलो वर्ष नै पोलिसी सरेन्डर गर्न चाहने जीवन बीमा पोलिसीधारकलाई ठूलो राहत दिएको छ। आईआरडीआईएले सबै जीवन बीमा कम्पनीलाई जीवन बीमाको पहिलो वर्षमा सरेन्डर भ्याल्युको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो। यसअघि बीमालेखको प्रारम्भिक वर्षमा बीमितले बीमा रद्द गर्दा कुनै सरेन्डर भ्याल्यु पाउँदैन थिए।

यस विषयलाई लिएर बीमा नियामकले मास्टर सर्कुलर जारी गरेको छ। जसमा बीमा कम्पनीहरुलाई १ वर्षको प्रिमियम प्राप्त भएको अवस्थामा पोलिसी जारी भएको वर्षमै स्पेसल सरेन्डर भ्याल्यु (एसएसभी) तिर्न आदेश दिइएको छ। आईआरडीएआईले आफ्नो मास्टर सर्कुलरमा भनेको छ, ‘५ वर्षभन्दा कमको सीमित प्रिमियम भुक्तानी अवधि र सिंगल प्रिमियम पोलिसीका लागि एसएसभी पहिलो पूर्ण वर्षको प्रिमियमको प्राप्तिमा भुक्तानयोग्य हुनेछ। सिंगल प्रिमियम तुरुन्तै भुक्तान गर्नुपर्नेछ।’

Esewa
Crest

यसअघि कोही पनि बीमितले पोलिसी लिएको १ वर्षभित्र पोलिसी रद्द गर्न चाहेमा सरेन्डर भ्याल्यु पाउँदैनथ्यो। यो किनभने पहिले आईआरडीएआई नियमअनुसार २ वर्षपछि बीमा सरेन्डर गरेमा मात्र कुल प्रिमियमको ३० प्रतिशत प्राप्त पाउने व्यवस्था थियो। जब कि ३ वर्षको प्रिमियम तिरेर पोलिसी सरेन्डर गर्दा कुल प्रिमियमको ३५ प्रतिशत र ४ वर्षदेखि ७ वर्षसम्मको अवधिमा सरेन्डर गरेमा ५० प्रतिशत सरेन्डर भ्याल्यु दिइने व्यवस्था थियो। यसका साथै यदि बीमा अवधि पूरा हुनुभन्दा २ वर्षअघि पोलिसी रद्द भएमा बीमितको कुल प्रिमियमको मूल्य ९० प्रतिशत दिने व्यवस्था थियो।

नयाँ जीवन बीमा नियमहरुअन्तर्गत पहिले नै लाभहरु भुक्तान गर्न सुरु गर्ने प्रस्ताव छ। जसले जीवन बीमा कम्पनीहरुको मार्जिनमा महत्वपूर्ण प्रभाव पार्नेछ। तर, सुरुको १ वर्ष बितिसक्दा पनि ८५ प्रतिशतभन्दा बढी पोलिसी सक्रिय रहने भएकाले यसले त्यति प्रभाव नपर्ने केही बीमाकर्ताहरु विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS