IME Life New

हायर पर्चेज कर्जाको मागमा देखिएन उत्साह, करिब २२% ले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लचिलो नीति लिँदा पनि हायर पर्चेज कर्जाको माग भने बढ्न सकेको छैन।

राष्ट्र बैंककै चालु आर्थिक वर्षको १० महिना वैशाखसम्मको तथ्यांक हेर्ने हो भने हायर पर्चेज कर्जाको माग घटेको देखिन्छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत हायर पर्चेजको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरेको छ। यसअघि ५० लाख रुपैयाँभन्दा माथिको हायर पर्चेज कर्जाको जोखिम भार १२५ प्रतिशत रहेको थियो।

Esewa
Crest

जोखिम भार घटाएर राष्ट्र बैंकले लचिलो नीति लिँदा पनि हायर पर्चेज कर्जाको माग बढ्न नसकेको देखिन्छ। उद्योगधन्दा र व्यापार–व्यवसायमा परेको प्रभावले पनि हायर पर्चेज कर्जाको माग बढ्न नसकेको जानकारहरु बताउँछन्।

पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाबाट कुल १ खर्ब २४ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएको देखिन्छ। जुन गत असार मसान्तसम्मको तुलनामा २१.८ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कुल १ खर्ब ५९ अर्ब २० करोड ५३ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएको थियो।

चालु आर्थिक वर्षको १० महिनामा हायर पर्चेज शीर्षकमा प्रवाह भएको कर्जामध्ये व्यापारिक प्रयोजनका लागि ८८ अर्ब २९ करोड ३३ लाख रुपैयाँबराबरको रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म व्यापारिक प्रयोजनका लागि १ खर्ब २२ अर्ब ४८ करोड ८३ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएको थियो। यो हिसाबले व्यापारिक प्रयोजनका लागि माग हुने हायर पर्चेज कर्जा २७.९ प्रतिशतले घटेको छ।

व्यक्तिगत प्रयोजनका लागि माग हुने हायर पर्चेज कर्जा पनि १.३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको असार मसान्तसम्म व्यक्तिगत प्रयोजनका लागि ३६ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएकोमा चालु आर्थिक वर्षको वैशाखसम्म घटेर ३६ अर्ब २३ करोड ९९ लाख रुपैयाँ प्रवाह भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS