IME Life New

दही चिउरा खाने दिनको साइत पारेर बीमकको कारोबार तथ्यांकलाई ‘लाइभ’ बनाउँदै प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियामक नेपाल बीमा प्राधिकरणले असार १५ गतेबाट सबै बीमकको तथ्यांक पूर्णतः वास्तविक समय (रियल टाइम) मा संकलन गर्ने तयारी गरेको छ । अहिले बीमा नियामक सूचना व्यवस्थापन प्रणालीमार्फत् प्राधिकरणले बीमकसँग निश्चित अवधिको अन्तरालमा कारोबार तथ्यांक संकलन गर्दै आएको छ।

प्राधिकरणले बीमकको कारोबार तथ्यांकमा थुप्रै कैफियत फेला पारेपछि पारदर्शिता र प्रभावकारी अनुगमनका लागि पूर्णतः वास्तविक समयमै तथ्यांक (लाइभ डाटा)  संकलनको तयारी गरेको हो । प्राधिकरणले बीमकलाई गत वर्षको मंसिर महिनामा नै लाइभ डाटा शेयरिङका लागि आवश्यक प्राविधिक तयारी गर्न निर्देशन दिएको थियो ।

Esewa
Crest

प्राधिकरणले पटक पटक प्रयास गरेपनि वास्तविक समयको कारोबार तथ्यांकलाई प्राधिकरणको केन्द्रिकृत सूचना प्रणालीमा एकीकृत गर्न पाएको थिएन, बीमकले आनाकानी गर्दै ढिलो गरी तथ्यांक उपलब्ध गराउने वा तथ्यांकमा केही हेरफेर गरेपछि मात्र उक्त प्रणालीमा पठाउने गरेका थिए ।  यो प्रणालीलाई पूर्णतः रियल टाइम बनाइएपछि अब बीमकले तथ्यांकमा छेडछाड गर्न पाउने छैनन् ।

प्राधिकरणबाट तथ्यांकको सुरक्षा र गोपनियता कायम रहने सम्बन्धमा भने बीमकहरू अझै पनि विश्वस्त हुन सकेका छैनन् । प्राधिकरणमा तथ्यांक सुरक्षा र सूचना प्रविधिको व्यवस्थापनमा करार र अस्थायी कर्मचारीको जिम्मेवारी रहेकाले जुनसुकै बेला पनि तथ्यांकको गोपनियतामा सम्झौता हुन सक्ने जोखिम रहेको छ ।

जागिरको असुरक्षाको भावना र तल्लो तहको पदीय जिम्मेवारीका कारण उनीहरू कुनै पनि समयमा अरूबाट प्रभावित हुने वा अनुचित प्रभावमा पर्नसक्ने जोखिम रहने बीमकको भनाई छ। यसबाहेक प्राधिकरणले तथ्यांकको भण्डारण, प्रशोधन, पुनःप्रयोग, तथ्यांकको सुरक्षा र गोपनियताको प्रत्याभूति समेत गर्नुपर्ने चुनौती छ।

बीमकले पुरानो मितिमा कारोबार देखाएर जोखिम स्वीकार्ने प्रवृत्ती नरोकिए पछि एकीकृत सूचना व्यवस्थापन प्रणाली लागू गरेको हो । यो प्रणालीको कार्यान्वयनका माध्यमबाट बीमा क्षेत्रको वास्तविक कारोबार तथ्यांकमा पहुँच राख्न खोजेको छ। यसले बीमा क्षेत्रको वास्तविक तस्वीर छर्लङ हुने र यो क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानका लागि पनि प्राधिकरणलाई सहयोग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS