IME Life New

नवीकरणीय ऊर्जा क्षेत्रमा ४५० करोड लगानी गर्दै मारुती सुजुकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको दिग्गज गाडी उत्पादक कम्पनी मारुती सुजुकी इन्डियाले ठूलो लगानीको योजना सार्वजनिक गरेको छ। नवीन ऊर्जा र नवीकरणीय ऊर्जा मन्त्रालयको ‘वेस्ट टु इनर्जी’ कार्यक्रमअन्तर्गत मारुती सुजुकीले ठूलो लगानी गर्ने भएको हो।

यो कार्यक्रमअन्तर्गत मारुती सुजुकीले भारु ४५० करोड लगानी गर्नेछ। यो लगानी कम्पनीले सौर्य ऊर्जा र बायोग्यासजस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा गर्नेछ। यसअघि कम्पनीले वित्त वर्ष २०२३।२४ मा भारु १२०.८ करोड लगानी गरेको थियो।

Esewa
Crest

कम्पनीबाट घोषित लगानीले पर्यावरणीय स्थिरता पहललाई निकै बढावा दिने बताइएको छ। यो पाइलट प्लान्टबाट हरेक दिन ०.२ टन बायोग्यसको उत्पादनका लागि प्रयोग गरिनेछ। वित्त वर्ष २०२४।२५ मा बायोग्यासको अनुमानित उत्पादन १ लाख घनमिटर हुने कम्पनीले जनाएको छ। यसले प्रतिवर्ष लगभग १९० टन सीओ२ को भर्पाइ गर्नेछ।

जिरो डिस्चार्ज मोडलमा आधारित सर्कुलरिटीको सिद्धान्तलाई अपनाउँदै कम्पनीले क्यान्टिनबाट निस्किने खाद्य पदार्थ र नेपियर घाँसको कच्चा मालका रुपमा उपयोग गरिनेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS