IME Life New

प्रदेशगत हिसाबले जीवन बीमकको व्यवसाय कहाँ कति ? यस्तो छ वैशाखसम्मको तथ्यांक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चालु आर्थिक वर्षको १० महिना वैशाखसम्मको व्यापारको तथ्यांक सार्वजनिक गरेको छ। प्रदेशगत हिसाबले जीवन बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेशमै बढी केन्द्रित रहेको देखिएको छ। कर्णालीमा भने जीवन बीमा कम्पनीको व्यवसाय निकै कम रहेको देखिन्छ।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले यो १० महिनामा १ खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीले बागमती प्रदेशबाट मात्रै ५३ अर्ब ६९ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो हिसाबले बीमा कम्पनीहरुले बागमती प्रदेशमा मात्रै ४४.२१ प्रतिशत व्यवसाय गरेको देखिन्छ।

Crest

यसैगरी जीवन बीमकहरुको दोस्रो ठूलो बजार लुम्बिनी देखिएको छ। यो १० महिनामा कुल व्यापारको १५.७४ प्रतिशत हिस्सा लुम्बिनीमा रहेको देखिन्छ। कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनामा लुम्बिनी प्रदेशबाट १९ अर्ब १२ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुले कोशी प्रदेशबाट १४ अर्ब ६९ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कोशीमा जीवन बीमा कम्पनीहरुको बजार हिस्सा १२.०९ प्रतिशत रहेको छ।

वैशाखसम्म जीवन बीमकले गण्डकी प्रदेशबाट १२ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ, मधेश प्रदेशबाट १० अर्ब ९१ करोड ९ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारको हिसाबले जीवन बीमा कम्पनीहरुको बजार हिस्सा गण्डकीमा १०.२२ प्रतिशत, मधेशमा ८.९८ प्रतिशत, सुदूपश्चिममा ६.०२ प्रतिशत र कर्णालीमा २.७३ प्रतिशत रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS