Connect IPS
IME Life

एक महिनामा जीवन बीमकहरुले गरे २ अर्ब ७७ करोडको व्यवसाय, कुनले कति गरे ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/ ८१ को वैशाख महिना अर्थात एक महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब बढी नयाँ व्यवसाय गरेका छन् । एक महिनामा कम्पनीहरुले ४ लाख ३९ हजार ४ वटा बीमा पोलिसी विक्री गरि कुल ११ अर्ब २७ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् भने २ अर्ब ७७ करोड ३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले वैशाख महिनासम्म अर्थात १० महिनामा कुल १ खर्ब २१ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा १ करोड ४१ लाख ४१ हजार ५ सय वटा बीमा पोलिसी विक्री गरि कुल १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

Prabhu
Crest
एक महिनाको प्रथम बीमा शुल्क आर्जनमा पनि नेपाल लाइफको अग्रता कायमै छ । यस अवधिमा कम्पनीले ६० करोड ८१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफले ४९ करोड १७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा सूर्यज्योति लाइफले २२ करोड १५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, एलआइसी नेपालले २० करोड ३९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । हिमालयन लाइफले १६ करोड ७६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्सले १४ करोड ७८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १४ करोड ८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले १४ करोड ३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी रिलायबल नेपाल लाइफले १३ करोड ९२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले १३ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले १३ करोड २१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफले १० करोड ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ९ करोड २३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४ करोड ४७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS