IME Life New

बीमालेख नवीकरणबाट जीवन बीमा कम्पनीले उठाए ९७.१२ अर्ब प्रिमियम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरणबाट ९७ अर्ब १२ करोड रुपैयाँ बीमाशुल्क (प्रिमियम) आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले वैशाखसम्म ९७ अर्ब १२ करोड ५८ लाख रुपैयाँ बीमालेख नवीकरणबाट बीमाशुल्क उठाएका हुन्। नवीकरणबाट सबैभन्दा नेपाल लाइफले बीमाशुल्क उठाएको छ। यो कम्पनीले २६ अर्ब ९० करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

Esewa
Crest

यसैगरी दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) रहेको छ। एलआईसीले यो १० महिनामा बीमालेख नवीकरणबाट १२ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।नवीकरणबाट तेस्रो सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा हिमालयन लाइफ रहेको छ। हिमालयन लाइफले ११ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै बीमालेख नवीकरणबाट नेशनल लाइफले १० अर्ब ६१ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब २९ करोड ३९ लाख रुपैयाँ र एसियन लाइफले ५ अर्ब ४ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

यसैगरी मेट लाइफले बीमालेख नवीकरणबाट ३ अर्ब ५३ करोड १० लाख रुपैयाँ, सानिमा लाइफले ३ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब २६ करोड ९२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ६९ करोड ३ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ९४ करोड २८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS